बाढीपीडितको राहतका लागि हेड नेपाल हुम्लाद्वारा ५१ हजार १ सय ११ रुपैयाँ सहयोग ।


रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा हालै आएको विनाशकारी बाढी–पहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनस्र्थापनाका लागि हुम्लामा रहेको HEAD Nepal (हिमाली शिक्षा र विकास) ले ५१ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ ।

प्राकृतिक विपत्तिका कारण ठूलो जनधनको क्षति भएको भन्दै हेड नेपालले राष्ट्रिय राहत तथा पुनस्र्थापना अभियानमा सहयोग पुर्‍याउने उद्देश्यले संस्थाले प्रधानमन्त्री विपद् राहत कोषमा ५१ हजार १११ रुपैयाँ योगदान गर्ने निर्णय गरेको हेड नेपाल हुम्लाका प्रमुख छिटुप लामाले बताउनु भयो ।

उक्त रकम जिल्ला प्रशासन कार्यालय, हुम्ला मार्फत औपचारिक रूपमा कोषमा हस्तान्तरण गरिएको बताउनु भयो । हुम्ला भौगोलिक रूपमा प्रभावित जिल्ला रसुवा, नुवाकोट र धादिङ भन्दा टाढा भए पनि विपत्तिको समयमा प्रभावित समुदायसँग ऐक्यबद्धता जनाउनु आफ्नो सामाजिक तथा नैतिक दायित्व भएको बताउनु भयो ।

संस्थाले बाढी–पहिरोबाट प्रभावित नागरिकको सहयोग तथा पुनस्र्थापनाका लागि व्यक्ति, संघ–संस्था र सम्बन्धित निकायहरूलाई आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न समेत अपिल गरेको छ । संस्थामा कार्यरत कर्मचारीहरु सामबार दिउसो जिल्ला प्रशासन कार्यालयमा गई प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाई मार्फत चेक र भौचर बुझाईएको संस्थामा कार्यरत भक्तराज ऐडीले बताउनु भयो ।–––कालीबहादुर थापा

 

प्रकाशित मितिः     २२ भाद्र २०८३, सोमबार १९:५०  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *