हुम्ला प्रशासनको दैनिक सेवा विवरण सार्वजनिक गर्ने अभ्यास ।


जिल्ला प्रशासन कार्यालय हुम्लाले कार्यालयबाट दैनिक रूपमा प्रवाह भएका सेवाको विवरण सार्वजनिक गर्न थालेको छ ।

कार्यालयले हरेक दिन साँझ नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, सीमा पास, सिफारिसलगायत सेवाबाट कति सेवाग्राही लाभान्वित भए भन्ने तथ्याङ्कसहितको विवरण सार्वजनिक गर्न थालेको हो । कार्यालयले भदौ १ गतेदेखि यस्तो विवरण सार्वजनिक गर्न थालेको छ ।

हरेक दिन सार्वजनिक गरिएको विवरणमा नयाँ तथा प्रतिलिपि नागरिकता, राहदानी आवेदन तथा वितरण, राष्ट्रिय परिचयपत्र आवेदन तथा वितरण, नाबालक परिचयपत्र, सीमा पास नयाँ तथा नवीकरण, सिफारिस, मुद्दा दर्तारफछ्र्योट, संस्था दर्तारनवीकरण र सूचना तथा परामर्श लगायतका सेवाको दैनिक संख्या सार्वजनीक गर्ने गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चन्दविर शाहीले बताउनु भयो ।

कार्यालयले उक्त विवरण आफ्नो आधिकारिक वेबसाइटमार्फत समेत सार्वजनिक गर्दै आएको बताउनु भएको छ ।

प्रकाशित मितिः     २५ भाद्र २०८३, बिहीबार १०:०१  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *