समाचार

गाउँमै मावि सञ्चालन गर्न देउसीभैलोबाट जुट्यो २ लाख बढी रकम ।।

गाउँमै मावि सञ्चालन गर्न देउसीभैलोबाट जुट्यो २ लाख बढी रकम ।।

   
हुम्लाको सर्केगाड गाउँपालिका–१ तुम्चस्थित देबल आधारभूत विद्यालयले तिहारको अवसरमा सञ्चालन गरेको देउसीभैलो कार्यक्रमबाट २ लाख १७ हजार ५ सय ७५ रुपैयाँ संकलन गरेको छ । विद्यालयको शैक्षिक विकास तथा प्रस्तावित माध्यमिक तह सञ्चालनका लागि आर्थिक स्रोत जुटाउने उद्देश्यले सञ्चालन गरिएको देउसीभैलो कार्यक्रमबाट जैर, छिडीनात्ता, लुम र तुम्च क्षेत्रबाट उक्त रकम संकलन भएको विद्यालयका प्रधानाध्यापक मदन बुढाले बत
हुम्लामा ६ हजारभन्दा बढी बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइयो ।।

हुम्लामा ६ हजारभन्दा बढी बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइयो ।।

   
नेपाल सरकारले कात्तिक १७ र १८ गते देशव्यापी रूपमा सञ्चालन गरेको राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने अभियान हुम्लामा पनि सम्पन्न भएको छ । जिल्लाका सातवटै स्थानीय तहमा सञ्चालन गरिएको अभियानमा बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइएको स्वास्थ्य सेवा कार्यालय हुम्लाकी वरिष्ठ अनमी सरिता बोहराले बताउनु भयो । उहाँका अनुसार जिल्लाका सातवटै स्थानीय तहमा अभियान सञ्चालनका लागि आवश्यक व्यवस्थ
४७ मतले सांसद बन्न चुकेका मंगलबहादुर शाही कांग्रेस छाडेर रास्वपामा प्रवेश ।।

४७ मतले सांसद बन्न चुकेका मंगलबहादुर शाही कांग्रेस छाडेर रास्वपामा प्रवेश ।।

   
हुम्लाको सर्केगाड गाउँपालिका–५ निवासी नेपाली कांग्रेसका नेता मंगलबहादुर शाही राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्नुभएको छ । लामो समय नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहनुभएका शाहीले मंगलबार रास्वपाको केन्द्रीय कार्यालयमा पुगेर पार्टी सभापति रवि लामिछानेको हातबाट टीका लगाउँदै पार्टी प्रवेश गर्नुभएको हो । पार्टी प्रवेश पश्चात आफुले नेपाली काँग्रेशबाट केही हुँन नसक्ने भन्दै नयाँपार्टी
यारी भन्सार कार्यालयमा समस्या अनेक, तर राजस्व संकलनमा लक्ष्यभन्दा तीन गुणा बढी उपलब्धि ।

यारी भन्सार कार्यालयमा समस्या अनेक, तर राजस्व संकलनमा लक्ष्यभन्दा तीन गुणा बढी उपलब्धि ।

   
चीनसँग सीमा जोडिएको हुम्लाको उत्तरी नाका हिल्सामा रहेको यारी भन्सार कार्यालयले विभिन्न चुनौतीका बीच गत आर्थिक वर्षमा निर्धारित लक्ष्यभन्दा तीन गुणाभन्दा बढी राजस्व संकलन गरेको छ । तर, भन्सार कार्यालयमा कर्मचारी अभाव, इन्टरनेट तथा सञ्चारको समस्या, सडक र मौसमको प्रतिकूलता तथा क्वारेन्टाइन व्यवस्थापन नहुँदा भन्सार सेवा र व्यापारिक गतिविधि सञ्चालनमा अनेक कठिनाइ रहेको छ । यारी भन्सार कार्यालयका प्रमुख
कर्णाली करिडोरको जोखिमपूर्ण यात्राले उठायो सरकारमाथि प्रश्न ।।

कर्णाली करिडोरको जोखिमपूर्ण यात्राले उठायो सरकारमाथि प्रश्न ।।

   
वर्षा होस् वा घाम, जुनसुकै बेला पहिरो खसीरहने भएकाले हुम्लाबाट सुर्खेत पुग्न तीन दिनको कठिन यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । सडकको दयनीय अवस्थाका कारण यात्रुहरुले निरन्तर सास्ती भोग्नुपरेको छ । कर्णाली करिडोरको यो वास्तविकताले सडक निर्माण, स्तरोन्नति र व्यवस्थापनमा सरकारको भूमिकामाथि फेरि प्रश्न उठाएको छ । सर्केगाड गाउँपालिका–१ जैरका नवराज रावतले हुम्लाबाट सुर्खेतसम्मको तीनदिने जोखिमपूर्ण यात्
दुर्गमका नागरिकले समान सेवासुविधा पाउनुपर्छ : हर्क साम्पाङ

दुर्गमका नागरिकले समान सेवासुविधा पाउनुपर्छ : हर्क साम्पाङ

   
श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम क्षेत्रका नागरिकले समान रूपमा सेवासुविधा पाउनुपर्ने बताएका छन्। अदानचुली र सर्केगाड गाउँपालिकामा आयोजित कार्यक्रममा सहभागी हुने क्रममा उनले उक्त कुरा बताएका हुन्। उनले भने, ‘राज्यले उपलब्ध गराउने सेवा तथा सुविधाको असमान वितरण भएका कारण शिक्षा, स्वास्थ्य र यातायातलगायत आधारभूत सेवासुविधा सहर केन्द्रित छ। यसैका कारण ग्रामीण क्षेत्रमा ब
करिब ६ वर्षपछि सांस्कृतिक संग्रहालय भवन उद्घाटन, अदानचुलीको विकासका लागि बजेट थप्ने मुख्यमन्त्रीको प्रतिबद्धता ।

करिब ६ वर्षपछि सांस्कृतिक संग्रहालय भवन उद्घाटन, अदानचुलीको विकासका लागि बजेट थप्ने मुख्यमन्त्रीको प्रतिबद्धता ।

   
हुम्लाको अदानचुली गाउँपालिकामा निर्माण गरिएको सांस्कृतिक संग्रहालय भवन करिब ६ वर्षपछि उद्घाटन गरिएको छ । कर्णाली सांस्कृतिक संरक्षण केन्द्रको आयोजनामा भएको देउडा खेलको उद्घाटनसहित कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले आज उक्त भवनको उद्घाटन गर्नुभएको हो । अदानचुली गाउँपालिकाको करिब ३० लाख रुपैयाँ लगानीमा अघिल्लो कार्यकालमा निर्माण गरिएको सांस्कृतिक संग्रहालय भवन लामो समयपछि सञ्चाल
बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०: २६ बजे

बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०: २६ बजे

   
बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दशैं घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको देवीको प्रसाद आज मान्यजनबाट लगाइन्छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान १०ः२६ बजेको साइत उत्तम रहेको जनाएको छ । विजयादशमी आफैंमा शुभ दिन भ
टेलिकमको लापरबाहीले दसैँमा सञ्चारविहीन बने हुम्ला र मुगुका बासिन्दा ।।

टेलिकमको लापरबाहीले दसैँमा सञ्चारविहीन बने हुम्ला र मुगुका बासिन्दा ।।

   
दसैँको चहलपहल बढिरहेका बेला नेपाल टेलिकमको इन्टरनेट तथा टेलिफोन सेवा अवरुद्ध हुँदा हुम्ला र मुगुका हजारौँ नागरिक सञ्चार सेवाबाट वञ्चित भएका छन् । टावरमा देखिएको प्राविधिक समस्या तत्काल समाधान गर्न नसकिने टेलिकमले जनाएको छ । कर्मचारी बिदामा गएको कारण देखाउँदै दसैँअघि नै सेवा सञ्चालनमा ल्याउन नसकिने जवाफ दिएपछि दुर्गम क्षेत्रका नागरिक थप समस्यामा परेका छन् । मुगुको रुघा र सोरु गाउँपालिकाको नाथर्पुम
नाम्खाको लिमिमा हिमपातले ३५० हाराहारी पशु चौपाया थुनिए, उद्धारमा समस्या ।।

नाम्खाको लिमिमा हिमपातले ३५० हाराहारी पशु चौपाया थुनिए, उद्धारमा समस्या ।।

   
असोज १० र ११ गते परेको हिमपातका कारण हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित लिमि क्षेत्रमा करिब ३०० देखि ३५० वटासम्म याक, झोपा र घोडा पाटनमै थुनिएका छन् । हिमपातपछि सडकमा जमेको हिउँ पन्छाउन नसक्दा पशु चौपायाको अवस्था बुझ्नसमेत कठिन भएको छ । नाम्खा गाउँपालिका–६ का वडाध्यक्ष पाल्जोर तामाङका अनुसार हिमपात हुनुअघि चराउनका लागि पाटनमा लगिएका पशु चौपाया असोज १० गतेदेखि लगातार परेको हिउँका कारण उतै थुनिएका