वडा अध्यक्षको तलवबाट सार्वजनिक शौचालय


खडक सुनार

मुगु । हिमाली जिल्ला मुगुका एक वडा अध्यक्षले उदाहरणीय काम गरेका छन् । छाँयानाथ रारा नगरपालिका वडा नम्बर ४ का कलिला वडा अध्यक्ष बिष्णुकुमार भाम एक उदाहरण जनप्रतिनिधिको रुपमा उदाहरण बनेका हुन् ।

स्थानीय सरकार सञ्चालन भएको अहिले करिब ३ वर्ष बितिसकेको छ । यो अवधिमा वडा अध्यक्ष भामले आफ्नो यो तिन वर्षको अवधि भर नगरपालिकाका १४ वटै वडाका दलित, विपन्न, असहाय, टुहुरा नागरिक लाई चामल, नुन, तेल, आर्थिक सहयोग सँगै आफुले पाउने तलब कट्टा गरि र नगरपरिषदको बैठक बाट पाएको भत्ता बाट शौचालय निर्माण गरि दिएका छन् । यसको मतलब वडा अध्यक्ष भामले बाडिदिन्छन राहत, बनाई दिन्छन शौचालय ।

छायाँनाथ रारा नगरपालिका बाट सन्चालन हाँल सम्म भएका ४ वटा नगर परिषद बाट वडा अध्क्षयले पाउने भत्ता सबै संकलन गरि मुगु जिल्लाको सदरमुकाम गमगढी बजार रेडक्रस शाखा कार्यालय नजिकैमा शौचालय निर्माण गरेका छन् ।

विशेष गरि छायानाथ रारा नगरपालिका वडा नम्बर १०, ११, १२ का स्थानिय जनता र मुगमकामाराेंग गाँउपालिका र बाटोमा हिड्ने वटुवाहरुलाई सहजै रुपमा दिशा पिशाव गर्नको लागी ४ वटा नगर परिषद बाट पाउने २८ हजार भत्ताले एक शौचालय निमार्ण गरिएको वडा अध्क्षय बिस्नु कुमार भामले बताए ।

भाम मुगु जिल्लाको सबै भन्दा कान्छा र जनप्रेमी जनप्रतिनिधी रहेका छन । जनप्रतिनिधी भए देखी स्थानिय सरकार बाट वडा अध्क्षय बापत पाउर्ने सेवा सुबिधा र अन्य बैठक तालिम गोष्टी बाट पाउर्ने सकम संकलन गरि दैबिक प्रकोप मा परेका खान लाउन नपुगेका, बिद्यालय पढ्न नपाएका बालबालीकाहरुको किताव कलम लगाएत साहाराबिहीन स्थानिय बासीहरुको उदारमा खर्च गर्ने गरेका छन ।

अन्य मुगु जिल्लामा रहेको जनप्रनिनिधिहरु भन्दा भाम निकै समाज सेवामा काम गर्ने र दयालु भावनाका रहेका छन ।

सदरमुकाम गमगढी बजारमा सार्वजनिकै शौचालय नहुदा गाँउ घर बाट सदरमुकाममा बिभिन्न कामको शिलशिलमा आएका स्थानिय बासिहरुलाई शौचगर्न निकै अप्ठ्यारो पर्ने हुदा यस्तो समस्या बाट मुक्त होस भनि शौचालय निर्माण गरिदिएको वडा अध्यक्ष भामको भनाई रहेको छ । वडा अध्यक्षले शौचालय बनाई दिए पछि स्थानिय बासीहरु निकै सहज भएको बताउन्छन ।

यो भन्दा अगाडी तलब भत्ता बाटै छायानाथ रारा नगरपालिकाका वडा नं १, २ र ४ का स्थानीयको सहजताका लागि रु २५ हजार बराबरको शौचालय पनि निर्माण गरि सकेका छन् । वडा अध्क्षय भामको आगामी राजनिती फलदायक रहोर भन्दै स्थानियहरुले आश्रीवाद दिएका छन ।

प्रकाशित मितिः     १८ माघ २०७७, आईतवार १०:२७  |