यि हुन अदानचुली गाउपालिका कार्यपालिकाका नबनिर्वाचित सदस्यहरु -नाम सहित


श्रीनगर जेष्ठ १४ । शुक्रबार सम्पन्न अदानचुली गाउँ कार्यपालिकाको निर्वाचनबाट सत्ता गठबन्धनका ६ जना निर्वचित भएका छन । प्रत्यक कार्यपालिकाको निर्वाचनबाट ४ जना स्थानिय तह निार्वचनबाट निर्वाचित महिला वडा सदस्य, २ जना दलित वा अल्पसंख्यक सदस्य र गाउपालिका अध्यक्ष,उपाध्यक्ष सहित प्रत्यक वडाका वडा अध्यक्षले कार्यपालिका सदस्य हुने प्रबधान अनुसार महिला वडा सदस्य र दलित वा अल्पसंख्यक सदस्यबाट ६ जना निर्वाचित भएका छन ।

अदानचुली गाउपालिकाको सुर्याेदय माबिमा दिउसो ११ बजे बाट ३२ जना जनप्रतिनिधिहरुले मतदान सम्पन्न पस्चात मतगणना गरीएको निर्वाचन अधिकृतको कार्यलय अदानचुलीले जानकारी दिएको छ ।

उत्त मत परिणाम अनुसार ६ जना उम्बेदवार तथा गाउ कार्यपालिकाको दलित वा अल्पसंख्यक सदस्य पदका लागि माओवादी केन्द्रबाट कुसुमा रोकाया,भैकती लुवार र कलुवा टमटा निर्वाचित भएकी छिन ।

यस्तै नेपा एकिकृत समाजवादीबाट हिरा धामी र कमल दमाइ निर्वाचित भएका छन भने

नेपाली कांग्रेसबाट छ्याङकला रोकाया निर्वाचित भएकी छिन । यसैबिच नेकपा एमालेबाट उम्बेदवार बनेका अमनी कुलाला,बुनकला बुढा र नन्द बिटालु कार्यपालिका सदस्यमा पराजित भएका छन ।

कार्यपालिका सदस्यको हकमा गाउपालिका अध्यक्ष,उपाध्यक्ष,वडा अध्यक्ष र अन्य कार्यपालिका सदस्य गरेर अदानचुली गाउपालिकामा १४ जना कार्यपालिका सदस्य रहेका छन । कार्यपालिका सदस्य निर्वाचनको मतपरिणाम सार्वजनिक भए लगत्तै बाजा गाजाका साथ स्वागत गरी गाउमा पुराइएको थियो ।

आज निर्वाचित कार्यपालिका सदस्य हरुलाइ भोली तोकीएको कार्यपालिकाको पहिलो बैठक सञ्चालन हुन अघि गाउपालिका अध्यक्षले ६ जना सदस्यहरुलाई सपथ ग्रहण गराउने भएका छन भने सफथ ग्रहण सम्पन्न पछि कार्यपालिकाको पहिलो बैठक संञ्चालन गरीने एक सुचना जारी गर्दै निमित्त प्रमुख प्रशासकिय अधिकृत टक्क दत्त प्याकुरेलले जानकारी दिनुभएको छ ।

प्रकाशित मितिः     १३ जेष्ठ २०७९, शुक्रबार १७:५५  |