चंखेली गाउँपालिकामा आत्महत्या गर्ने उद्देस्यले दुईजना नदीमा हामफालेको आशंका, प्रहरीले खोजीकार्य गर्दै ।


असोज ११ हुम्ला । चंखेली गाउँपालिकामा आत्महत्या गर्ने उद्देस्यले दुईजना नदीमा बेपत्ता भएका छन् ।

आज बिहानको समयमा फेसबुकमा स्टाटस लेख्दै बेपत्ता भएका चंखेली गाउँपालिका वडा नम्बर ४ का हंस बुढा र कर्मा बोहोरा सामुहिक रुपमा आत्म हत्या गर्न नदिमा गएको भन्ने खबर आएको तर अहिले सम्म उनिहरु दुबै जना नभेटीएको प्रहरी सहायक निरिक्षक संखर पोखरेलले बताउनु भयो ।

उहाँका अनुसार करिब २८ वर्षका हंस बुढा ( हिक्मत बुढाथोकी) र अन्दाजी २६ वर्षिया कर्मा बोहोरा सामुहिक रुपमा आत्महत्या गर्न हिडेको भन्ने जानकारी आए लगत्तै पिप्लाङ प्रहरी चौकीले अहिले सम्म खोजी कार्य गरीरहेको भएपनि भेटाउन नसकेको बताउनु भयो ।

बेपत्ता भएका दुबै जनाको खोजी कार्यको लागि बिहान ८ बजेबाटै आफ्नो टोली खोजी कार्यमा लागि रहेको भएपनि भेटिएका छैनन् । बेपत्ता भएका बुढा गाउँपालिकाको शिक्षा शाँखामा कम्प्युटर अप्रेटरको रुपमा कार्यतरत रहँदै आएका थिए । आज बिहान उनले एक फेसबुक स्टाटस लेख्दै आफु दुई दाईबैनीको पवित्र नातालाई कसैलेपनि कदर गर्न नसकेको र दशैतिहारमा बलि जस्तै बनाएकाले आफुहरु यो समाजमा बस्न नसकि सदाको लागि संसार छोड्नै निर्णयमा पुगेको उल्लेख गरेका छन् ।

सामाजिक सञ्जालमा दुबै जनाको सामुहिक फोटो पोस्ट गर्दै उनले यो जुनिमा साहस सकाउन र गरिखान दिएनौ, घरभित्र सुतेको मान्छेलाई रक्सीको बाहाना पारी टाउको फुटाएको र हात भँचेको समेत आरोप लगाएका छन् । हामी जतीको पवित्र नाताले तिमिहरुको सँधै भस्म पारी देउ भगबान् भन्दै लामो फेसबुक स्टासट लेखी उनि दुबै जना कर्णाली नदिमा हाम् फालेको भन्ने सुन्नमा आए लगत्तै खोजी कार्य गरी रहेको भएपनि अहिले सम्म दुबै जनाको न सास नलास भेटाउन सकेको निरिक्षक पोखरेलले बताउनु भयो ।

यता सम्बन्धीत वडाका वडा अध्यक्ष पदम बहादुर शाही आफु काठमाडौमा रहेको र बेपत्ता भएको भन्ने खबर आएपनि खास कारण थाहा नपाएको बताउनु भयो ।

यता स्थानीयका अनुसार बेपत्ता भएका हंस बुढा बिबाहीत भएको र उनका एक छोरा समेत रहेका छन् । केहि दिन अघि दुई जनाको सम्बन्धको बिषयलाई लिएर स्थानीय प्रहरी चौकी पिप्लांमा समेत छलफल भएको र त्यही दिनबाट उनि घरमा नभई ससुरालीकै घरमा बस्दै आएकोमा हिजोमात्रै उनि घर गएका थिए । घरमा जाँदा उनि र उनको श्रीमती बिच पनि झगडा भएको भन्ने कुरा सुन्नमा आएपनि खास कुरा भने बाहिर नआएको बताएका छन् । यता युवकसँगै बेपत्ता भएकी बोहोरा भर्खरै आईटी पढेर गाउँपालिकामा ओजेटी गर्दै आएकी थिईन् । उनि लोती खोला र कर्णाली नदिको दोभाम सलीसल्लामा कर्णाली नदिमा हाम फालेको स्थानीयले देखेको बताएका छन् । अहिले पनि गाउँघर लगायत प्रहरी प्रशासन खोजी कार्यगरी रहेको छ । –––कालीबहादुर थापा

प्रकाशित मितिः     ११ आश्विन २०८२, शनिबार १७:५६  |

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *