माथिबाट ढुंगा खस्दा अवरुद्ध कर्णाली करिडोर खुलाउन सुरु ।


माथिबाट ढुंगा खस्दा कर्णाली करिडोर आज दिउसोबाट अबरुद्ध भएको सडक खुलाउन सुरु गरीएको छ ।

हुम्लाको सर्केगाड गाउँपालिका वडा नम्बर १ को बालुकुना नजिकै रहेको ठुलो चट्टानबाट ठुल्ठुला ढुंगाहरु सडकमा खसेर सडक पुर्णरुपमा अबरुद्ध भएको थियो । आज दिउसो करिब २ बजेको समयमा एक्कासी ढुंगा खस्दा सडक अबरुद्ध भई कर्णाली करिडोरमा चल्ने सम्पुर्ण यातायातका साधनहरु ठप्प भएका हुँन्् ।

उक्त सडक अबरुद्ध हुँदा जिल्ला सदरमुकाम सिमकोटबाट आउने तथा शहरी क्षेत्र सुर्खेत नेपालगञ्ज हुँदै आउने सम्पुर्ण सवारी साधनहरु ठप्प भएको र सडक अहिले खुलाउन सुरु गरीएको प्रहरी प्रमुख डिएसपी शंखर पोखरेलले बताउनु भयो । कर्णाली करिडोरको खच्चा भन्ने ठाउँमा जेसीभी भएपनि चालक सर्केगाड गाउँपालिकाको केन्द्रतिर गएकाले सडक पन्छ्याउन केही ढिलाई भएको र चालकलाई सर्केगाडबाट झिकाइ अहिले खुलाउन थालिएको बताउनु भयो ।

सडकमा निकैनै ठुला ढुंगाहरु खसेकाले जेसीभी बिना सम्भब नभएकाले जेसीभिको खोजी गरी अलिे साढे ६ बजेबाट ढुङ्गा पन्छ्याउन सुरु भएको बताउनु भयो । सडक अबरुद्ध भएपछि अहिले बिरामी बोकेर सुर्खेत जानकोलागि आएको गाउँपालिकाको एम्बुलेन्स, १ यात्रुवाहक बस, एक बोलेरो जिप र ३ वटा ट्रक रोकिएका छन् भने अन्य जिल्लाबाट आएका १ स्कार्पियो, ३ वटा बोलेरो जिप र ४ वटा मालबाहक ट्रक रोकिएका छन् ।

प्रकाशित मितिः     १ मंसिर २०८२, आईतवार १९:५७  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *