काठमाडौ । आगामी आर्थिक वर्ष २०८३र०८४ को बजेट सार्वजनिक गर्दै डा। स्वर्णिम वाग्ले ले जमुनाह–हिल्सा नाका जोड्ने त्रिदेशीय मार्ग कर्णाली करिडोरअन्तर्गत ३१ किलोमिटर सडक कालोपत्रे गरिने घोषणा गर्नुभएको छ।
शुक्रबार संघीय संसद्मा बजेट प्रस्तुत गर्दै अर्थ मन्त्री वाग्लेले कर्णाली करिडोरसहित देशका ६ वटा रणनीतिक करिडोर सडक योजनाका लागि कुल ६ अर्ब २५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिनुभयो।
सरकारले चीन र भारत जोड्ने महत्वपूर्ण व्यापारिक तथा रणनीतिक मार्गका रूपमा रहेको कर्णाली करिडोरको स्तरोन्नतिलाई प्राथमिकतामा राखेको जनाएको छ। बजेटमार्फत सडक पूर्वाधार विस्तार, यातायात पहुँच सुधार तथा दुर्गम क्षेत्रको आर्थिक गतिविधि बढाउने लक्ष्य लिइएको सरकारको भनाइ छ।
कर्णाली करिडोर हुम्ला लगायत कर्णाली प्रदेशका जिल्लालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने महत्वपूर्ण आयोजना मानिन्छ। सडक कालोपत्रे भएपछि यातायात सेवा सहज हुने, व्यापार प्रवर्द्धनमा टेवा पुग्ने तथा स्थानीय नागरिक प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ।
