सुत्केरी बचाउन सेनाद्वारा हेलिप्याड निर्माण ।


जटिल अवस्थाका सुत्केरी महिला तथा विपद्मा परेका नागरिकको हवाई उद्धार गर्न नेपाली सेनाले हुम्लाको अदानचुली गाउँपालिका ५ बारीगाउँमा हेलिप्याड निर्माण गरेको छ । सेनाले चालु आर्थिक वर्षको शीघ्र प्रभाव आयोजना अन्र्तगत विनियोजित ९ लाख ९५ हजार ८ सय ४८ रुपैयाको बजेट खर्च गरेर करिब २ महिनाको अवधिमा हेलिप्याड निर्माण गरी गाउँपालिकालाई हस्तान्त्रण गरेको हो ।

विपदमा परेका, जटिल अवस्थाका गर्भवती, सुत्केरी महिला तथा गम्भिर खालका बिरामीलाई आकस्मिक उद्धार गर्न सहज होस् भन्ने उद्देश्यका साथ हेलीप्याड निर्माण गरिएको नेपाली सेनाको शत्रुभञ्जन गुल्म रानीवनका गुल्मपति हरीबाबु श्रेष्ठले बताउनु भयो ।

कर्णाली करिडोरले छोएको भएपनि भरपर्दे सडक यातायात नभएको तथा जिल्ला सदरमुकाम भन्दा निकैनै टाढा रहेको अदानचुली ४, ५ र ६ नं वडालाई पायकपर्ने गरी बारीगाउँमा निर्माण भएको हेलिप्याड अदानचुली गाउँपालिकाका अध्यक्ष मोहनविक्रम सिंहको प्रमुख आतिथ्यतामा गाउँपालिकालाई हेलिप्याड हस्तान्त्रण गरिएको छ ।

दुई महिनाको अवधिमा हुम्लाकै न्यु कैलाश निर्माण एण्ड अर्डरलाई ठेक्का दिएर हेलिप्याड निर्माण गरेर आज हस्तान्त्रण गरेको गुल्मपति श्रेष्ठले बताए । बारीगाउँको पुरानै हेलीप्याडमा हेलिप्याड बनायौ । उनले भने जटिल अवस्थाका सुत्केरी, विपद्का घाइतेलगायतको उद्धार गर्न सहज हुनेछ । उनले सडकको अवस्था राम्रो नभएको अदानचुलीबाट आकस्मिकरुपमा घाइते तथा विरामीको उद्धार गर्न हेलिप्याड उपयोगी हुने बताए ।

सेनाले गाउँपालिकाको विकट क्षेत्रमा हेलिप्याड निर्माण गरेर हस्तान्त्रण गरेकामा खुशी लागेको पालिका अध्यक्ष सिंहले बताए । अप्रेशन गर्नुपर्ने खालका सुत्केरी महिला, विपद्बाट घाइते भएकालाई हेलिप्याड सहयोगी हुनेछ । उनले भने अस्पताल पुर्याउन ढिलाई भएर अब कसैको मृत्यु हुने छैन । उनले गाउँपालिकाको अनुरोधलाई स्वीकारेर सेनाले हेलिप्याड बनाइ दिएकोमा धन्यवाद दिँदै हेलिप्याडको उचित संरक्षण, रेखदेख र मर्मर सुधार गाउँपालिकाले गर्ने प्रतिबद्धता जनाए । त्यतिमात्र नभई अब नेपाली सेनाले अदानचुली र ताँजाकोटको सिमा क्षेत्रमा रहेको बाडमाडौँ क्षेत्रमा तालिम केन्द्र वा सेनाको क्याम्प स्थापनाको लागि पहल गरीदिन अनुरोध समेत गर्नु भएको छ । यस क्षेत्रमा रहेको बनजंगल नाश गरेको तथा शिकारीहरुले वन्यजन्तुको समेत शिकारी गरी सकाएकाले यसको संरक्षण हुँने समेत बताए ।

हाल सम्म ९ जनाको हेलिकोप्टबाट सुत्केरीको उद्धार

कर्णाली क्षेत्रमा सुत्केरी व्याथा लागेर कैयौ महिलाले मृत्युवरण गर्नु पर्ने अवस्थालाई मध्येनजर गरी कर्णाली प्रदेश सरकारले २०७४ चैत्रबाट हवाई एम्बुलेन्सको सुरुवात गरेको ८ वर्षमै अदानचुली गाउँपालिकाका ९ जना सुत्केरीको हवाई उद्धार गरिएको छ । पछिल्लो सय कर्णाली करिडोर सँगै विभिन्न गाउँ वस्तीमा सडक सञ्जालले छोएको भएपनि विगतका वर्षहरुमा कैयौ महिलाहरुले अकालमै ज्यान गुमाउनु परेको थियो ।

राष्टिति महिला उत्थान कार्यक्रम मार्फत यहाँका गििम्भर प्रकृतिका सुत्केरीहरुलाई कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगर स्थीत प्रदेश अस्पताल कालागाउँमा रिफर गर्ने गरीएको छ । अहिले सम्म अदानचुली गाउँपालिकाबाट हवाई एम्बुलेन्स मार्फत उद्धार गरीएका सुत्केरी महिलाहरुको ज्यान बचाउन सफल भएको भएपनि केही बच्चाहरु भने बचाउन नसकिएको तत्कालिन स्वास्थ्य शाँखा प्रमुख हंस महताराले बताउनु भयो ।–––कालीबहादुर थापा

प्रकाशित मितिः     २७ जेष्ठ २०८३, बुधबार ०९:००  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *