हुम्ला जिल्लाको तल्लो क्षेत्रमा रहेको अदानचुली गाउँपालिकाको केन्द्रमा जोड्ने सडक निर्माणको काम गर्ने क्रममा माथिबाट ढुङ्गा खसेर टाउकोमा लाग्दा घाईते भएका अदानचुली गाउँपालिका– २ हबघरका ४८ वर्षिय हिर बुढाको मृत्यु भएको छ ।
बुधबार बिहान थलोहाल्नाको मोड नजिकै सडकमा काम गर्ने क्रममा माथिबाट ढुङ्गा खस्दा टाउकोमा चोट लागेर घाईते भएका थिए । गम्भिर घाइते भएका बुढालाई थप उपचारको लागि हेलीकप्टर मार्फत सुर्खेत लैजानको लागि हेलीप्याडमा पुर्याउदा पुर्यादै मृत्यु भएको सोही गाउाका छप्की बुढाले बताउनु भयो ।
बुधबार बिहान दश वजेको समयमा अदानचुली गाउँपालिकाको गल्फागार्डदेखि गाउँपालिका केन्द्रसम्म निर्माण कार्य भई रहेको सडकमा काम गर्ने क्रममा स्काभेटरले ढुंगा फाल्दा लागेको ढुंगा लागेर बुढा घाइते भएको पिडि पक्षले आरोप लगाएका छन् तर ठेकदार कम्पनीका सेरसिंह कार्कीले भने स्काभेटरले नभई माथि राखीएको ढुंगा लडेर गएको र सोही ढुंगा लाग्दा मृतक हिर बुढालाई लाग्दा गम्भिर घाइते भएको बताउनु भएको छ ।
स्थानीयका अनुसार त्यहाँ नजिकै रखेको औजार लिन जाने क्रममा माथिबाट स्काभेटर आउदा त्हाँ नजिकै राखिएकोढुंगा पल्टिएरउनलाई चोट लागेको बताएका छन् । स्काभेटर आउदा माथिबाट ढुङ्गा खस्दा बुढाको टाउकोमा चोट लागेर घाईते भएको र तत्काल नजिकको स्वास्थ्य चौकीमा लगेर प्राथामिक उपचार गरी सुबिधा सम्पन्न अस्पतालमा लिने क्रममा बिच बाटोमै मृत्यु भएको प्रहरी नायव उपरिक्षक शंकर खड्काले बताए ।
उक्त सडक कालो पत्रे गर्ने गरि हाल स्तरोन्नतीको कार्य भई रहेको छ । थप उपचारको लागि सुर्खेत लैजाने क्रममा हेलीप्याडमै निधन भए पश्चात त्हाँका स्थानीयहरुले ठेकदार र स्काभेटरको लापरबाहीकै कारण बुढाको निधन भएको भन्दै आन्दोलित भएका हुँन् । दिनभर श्रीनगर बजारमा नाराजुलुस सहित आन्दोलन गरेपश्चात श्रीनगर प्रहरी चौकीमा पिडक र पिडित पक्षबिच दुईसहमती भएपश्चात दहसंस्कार गर्ने तयारी भैरहेको श्रीनगर पहरी चौकीले बताएको छ ।
श्रीनगर प्रहरी चौकीमा अदानचुली गाउँपालिकाका उपाध्यक्ष करण रोकायाको रहोबरमा भएको दुईपक्षिय सहमति अनुसार पिडित पक्षलाई निर्माण कम्पिनीले ५ लाख र विमा मार्फत आउने ५ लाख गरी १० लाख को क्षतीपुर्ति उपलब्ध गराउने, पोस्टमाटम देखी कृयाखर्च समेत ठेकदारले उपलब्ध गराउने र यददी विमाले ५लाख उपलब्धनगराएको खण्डमा निर्माण कम्पनीले नै ५ लाख दिने तथा पुर्वाधार विकास कार्यालयले निज घरपरिवारको एकजना सदस्यलाई रोजगारको व्यबस्था गर्ने गरी सहमती भएको सोही गाउँका स्थानीय बुध भण्डारीले बताउनु भयो । उहाँका अनुसार सहमती भएसँगै मृतक लासलाई पोष्टमाटमको लागि सामुदायिक अस्पताल कोल्टी लिने तयारी भैरहेको बताउनु भएको छ । पोष्टमाटम भएपश्चात दाहसँस्कारको तयारी गर्ने बताउनु भयो ।
