नेपाललाई चीनले दियो ३० करोड नगद


काठमाडौं । चीन सरकारले नेपाललाई ३० करोड सहयोग गरेको छ ।

बाढी पीडितका लागि चीनले ३० करोड नगदै सरकारलाई हस्तान्तरण गरेको हो । आइतबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेट गरेर नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले ३० करोड नेपाली रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

यसैगरी, राजदूत माओमिङले चिनियाँ रेडक्रसले उपलब्ध गराएको ३ करोड ६ लाख रुपैयाँ बराबरको नगद पनि हस्तान्तरण गरेका छन् । चीनले अन्य सहायता सामग्री पनि नेपाललाई उपलब्ध गराएको छ ।

आज मात्रै दुई वटा चिनियाँ जहाजले ५० टन टेन्ट, ब्ल्याङ्केट, स्लिपिङ ब्याग, मेडिकल किट र बिस्कुटजस्ता सहायता सामग्री काठमाडौं आइपुगेको छ ।

प्रकाशित मितिः     १४ भाद्र २०८३, आईतवार १९:४७  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *