पत्रकारद्धय महतारा र अधिकारीको ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक


कर्णाली । कर्णालीका अग्रज पत्रकारद्धय नवराज महतारा र प्रकाश अधिकारीद्धारा लिखित ‘कर्णालीको पत्रकारिता’ नामक पुस्तक सार्वजनिक भएको छ । प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।

कार्यक्रममा बोल्दै प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष बालकृष्ण बस्नेतले नेपाली पत्रकारिताको इतिहास अनुसन्धान र अभिलेखीकरणको काम कर्णालीबाट सुरु भएकोमा खुसी व्यक्त गर्दै सीमित स्रोतका बाबजुद पनि धर्म, संस्कृति र इतिहासका कुराहरू भावी पुस्तालाई हस्तान्तरण गर्न यो पुस्तक कोशेढुंगा साबित हुने धारणा राखे ।

पुस्तकका लेखक नवराज महताराले विभिन्न कठिनाइ र सीमित स्रोतका बाबजुद पनि पुस्तक तयार पारिएको बताउँदै यसमा रहेका कमीकमजोरीहरूलाई आगामी दिनमा परिष्कृत गर्दै लगिने बताए ।

‘वि.सं. १०३८को दैलेखको दुल्लुमा भेटिएको दामुपालको शिलालेख देखि वि.सं. १११२ को हुम्लाको सिमकोट गाउँपालिका स्थित रलिङ्ग गुम्बामा भेटिएको शिलालेखसम्म र अन्य थुप्रै गाउँमा भेटिएका लिपीहरुका आधारमा पनि कर्णालीको सञ्चार प्रर्णाली र पत्रकारिताको ऐतिहासिकता निकै वृहत छ’, लेखक महताराले भने, ‘लामो समयदेखि कर्णालीमा पत्रकारिताको अभ्यास गरेको र त्यस विषयको विद्यार्थीका नाताल गरेको अनुभव तथा पाएको तथ्यका आधारमा तयार पारिएको दस्तावेजलाई काउन्सिलले पुस्तकका रुपमा आकार प्रदान गरेर कर्णाली माथि निकै ठूलो न्याय गरेको छ ।’

पुस्तकका बारेमा काउन्सिलका पूर्वसदस्य मनऋषि धितालले समीक्षात्मक टिप्पणी गरेका छन् । ‘कर्णालीको पत्रकारिताको विकास र अवस्थाका बारेमा पुर्वको कोशी प्रदेश देखि मधेशले कसरी हेर्दो रहेछ भन्ने बारेमा एकिकृत दस्तावेन तयार पार्ने सपना हाम्रो पहिले देखि नैं थियो । त्यो पुरा हुन सकिरहेको थिएन् । तर लेखकद्धय महतारा र अधिकारीको अथक प्रयासमा काउन्सिले हाम्रो सपना पुरा गरेको छ’, उनले थपे,

त्यसका वावजुत खस कर्णाली (ग्रेटर कर्णाली), खास (कर्णाली अञ्चल) र दश कर्णाली (हालको कर्णाली प्रदेश)को पत्रकारिताका इतिहास र वर्तमान प्रचलनलाई अँझै खोतल्ने हो भने कर्णालीको आयात जत्तिकै रुवरुप यो पुस्तकले प्राप्त गर्ने छ ।’

कर्णाली प्रदेशको पत्रकारिताको इतिहास, वर्तमान अवस्था र चुनौतीहरूलाई समेटेर तयार पारिएको कर्णालीको पत्रकारिता नामक पुस्तक आज सार्वजनिक कार्यक्रममा कर्णाली क्षेत्रका अग्रज पत्रकार तथा लेखकहरू समीरजंग शाह, रुद्र खड्का, वनस्पति विज्ञ डा. मानबहादुर रोकाय, खेमराज वली, विद्याप्रसाद उपाध्याय, चेतनारायण पाण्डेय, मेगराज खड्का, चक्र दानी, लक्ष्मी केसी, रुद्र खड्का, राजबहादुर शाही, हरिहर न्यौपानेलगायतले कर्णालीको पत्रकारिताको बारेमा आ–आफ्नो अनुभव तथा धारणा राखेका थिए ।

काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसालले सहजीकरण गरेको कार्यक्रममो पुस्तक लेखन, सम्पादन र प्रकाशनका चरणमा भएको महेनतको स्मरण गर्दै सम्बद्ध सबैप्रति आभार समेत व्यक्त गरे । काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालले पुस्तकका प्रकाशन सन्दर्भका बारेमा सङ्क्षेपमा राखेका थिए ।

कार्यक्रमा सहप्रशासकीय अधिकृत रामशरण बोहरा, उपप्रशासकीय अधिकृत रहमतुल्ला मियाँसहित कर्णालीको बारेमा कलम चलाइरहने पत्रकारको उपस्थिति रहेको थियो।

प्रेस काउन्सिल नेपालले प्रकाशन गरेको ‘कर्णालीको पत्रकारिता’ नामक पुस्तक १७२ पृष्ठ रहेको छ । कर्णाली क्षेत्रको आमसञ्चार क्षेत्रलाई नजिकबाट अध्ययन गरी तयार पारिएको यस पुस्तकमा मुख्य गरि कर्णालीमा पत्रकारिताको सुरुआत र छापाखानाको विकासक्रम, वर्तमान अवस्था र प्रदेशमा पत्रकारिताको आधुनिक स्वरूप, सञ्चारमाध्यमको स्थिति र सामाजिक सञ्जालको प्रयोग उल्लेख गरिएको छ । त्यसै गरि पुस्तकमा कर्णाली प्रदेशमा नेपाल पत्रकार महासंघ तथा पत्रकारहरूको समग्र अवस्था पत्रकार आचारसंहिता कार्यान्वयनको स्थिति, मोफसलमा पत्रकारिता गर्दा भोग्नुपरेका व्यावहारिक तथा प्राविधिक चुनौतीलाई समावेश गरिएको प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झबिन्द्र भुसालले जानकारी दिए ।

प्रकाशित मितिः     ३१ भाद्र २०८३, बुधबार ०८:३१  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *