सेवा सुबिधाहरु कट्टी हुँने गरी बिपत ब्यबस्थापन तथा राहत कोषमा रकम जम्मा


चैत्र २४ मुगु । सरकारले गरेको लकडाउन सँगै सोमबार बसेको सोरु गाउँकार्यपालिकाको बैठकले चैत्र २४ गते भन्दा पछाडीका बैठक लगायतका सेवा सुबिधाहरु कट्टी हुँने गरी बिपत ब्यबस्थापन तथा राहत कोषमा रकम जम्मा गर्ने निर्णय गरेको छ ।

मुगु जिल्लाको उत्तरी क्षेत्रमा रहेको सोरु गाउँपालिकाले जनप्रतिनिधि मात्र नभई गाउँपालिकामा कार्यरत सम्पुर्ण क्रमचारीहरुले लिदै आएको गाडि रिजर्भ, ईन्धन,दैनिक भ्रमण भत्ता पनि कोराना नसकिन्जेल सम्म उक्त राहत कोषमा जम्मा गर्ने गरेको सोरु गाउँपालीकाका अध्यक्ष लोक बहादुर शाहीले बताए ।

गाउँपालिकाले खडा गरेको बिपद ब्यबस्थापन कोषको खाता नम्बर ४५१००३०७०२०००२ को खातामा गाउँकार्यपालीकाको निर्णय अनुसार कोराना भाईरसको लागि बिनियोजित रकम र अन्य सहयोगि निकायबाट प्रााप्त भएको रकम सो खातामा जम्मा गरी कोराना भाईरसको राहत उपलब्ध गराउने सम्बन्धी “मार्गदर्शन २०७६” को अधिनमा रहि कार्य सञ्चालन साथै रकम जम्माको लागि सहयोगि निकाय सँग अनुरोध गर्ने निर्णय भएको सोरु गाउँपालिकाकी उपाध्यक्ष राज्यलक्ष्मी मल्ल बमले बताईन् ।

मंगलबार बसेको गाउँकार्यपालिकाको बैठकले गाउँपालिकाका अध्यक्ष लोक बहादुर शाहीको संयोजकत्वमा बिपद ब्यबस्थापन केन्द्र समिति गठन गरेको छ । आज गठित समितिको सदस्यमा प्रमुख प्रशासकिय अधिकृत धान्य बुढा,स्वास्थ्य प्रमुख कर्ण बहादुर रावल र दल बहादुर बिक स्वास्थ्य चौकी ईन्चाजलाई सदस्यमा चयन गरेको छ ।

राहत बितरणको लागि नेपाल खाद्य संस्थानमा चामल माग गरी लक्ष्ति बर्गलाई राखत बितरण गर्ने , हेल्पडेक्समा खटीएका सबै स्वास्थ्यक्रमीलाई खाजा नास्ताको ब्यबस्थापन गर्ने, तत्काल १४ वटा स्वास्थ्य चौकीमा औषधी खरीद गरी बितरण गर्ने निर्णय गरेको कोरोना भाईरस सम्बन्धी जानकारी दिन तोकीएका फोकल प्रसन बिनोद शाही बताए ।

बैठकले केहि दिन अघि भिरबाट लडेर ज्यान गुमाएकी गाउँकार्यपालिकाकी सदस्य डल्ली शाहीकाे सम्जनामा समबेदना प्रकट गरेकाे छ ।

प्रकाशित मितिः     २४ चैत्र २०७६, सोमबार २१:४३  |