सुर्खेत । सुर्खेतमा दुई जना पत्रकारमागि भएको दुव्र्यहारको घटनाप्रति पत्रकार महासंघ सुर्खेत शाखाले आफ्नो गम्भिर ध्यानआर्षण भएको जनाएको छ ।
महासंघले आज एक विज्ञप्ति जारी गर्दै यसरी समाचार संकलनको क्रममा रहेका पत्रकार माथि भएको घटनाप्रति निन्दा र भत्सर्ना गरेको हो।
महासंघले नागरिक दैनिक कर्णालीका प्रमुख नगेन्द्र उपाध्याय र जागरण एफएम सुर्खेतमा पत्रकार नन्द कठायत माथी भएको दुर्व्यवहार भत्र्सना गरेको हो ।
कोरोना भाईरसको महामारीको समयमा सरकारले गरेको लकडाउनको उल्लघन जिम्मेवार निकायबाटै भएको भन्दै सोध्पुछगर्दा प्रदेशसभा सदस्य दानसिंह परियारले पत्रकार उपाध्यनालाई दुर्व्यवहार गरेका माहासंघले जनाएको छ ।
लकडाउनको समयमा सरकारी सवारी साधनको दुरपययोग गरेको बिषमा प्रतिकृया लिन खोज्दा सदस्य परियारले अस्लिल शब्द प्रयोग गर्दै गालीगलौज गरेका हुन ।
पत्रकारलाई स्वतन्त्रतापूर्वक समाचार संकलन र समाचार सम्प्रेषणको अधिकार हुदाँहुदै पनि जिम्मेवार निकायबाटै दुर्व्यवहार हुन प्रेसमाथी ठाडो हस्तक्षेप भएको माहासंका सचिव पुरीको भनाइ छ।
यसैबिच अर्का पत्रकार कठायतलाई समाचार प्रशारणको लागी कार्यालय जादैगर्दा प्रहरीले हातपात गरेको जनाएको छ ।