एमाले कर्णाली प्रदेश कमिटी बैठक सुर्खेतमा शुरु


सुर्खेत । नेकपा एमालेको कर्णाली प्रदेश कमिटीको बैठक सुरु भएको छ।

यही पुस २३ गते जिल्ला र आगामी माघ ८ गतेका लागि तय भएको प्रदेश अधिवेशनका बारेमा आवश्यक छलफल गर्न प्रदेश कमिटीको बैठक प्रदेश राजधानी सुर्खेतमा बसेको एमाले स्थायी कमिटी सदस्य तथा निवर्तमान प्रदेश अध्यक्ष गोरेबहादुर बोगटीले जानकारी दिए।

‘माघ ८ मा प्रदेश अधिवेशनको मिति केन्द्रीय कमिटी बैठकले तय गरिसकेको छ। त्यसको तयारी लगायतका विषयमा आजको बैठकमा छलफल हुन्छ,’ उनले भने।

नेकपा एमालेको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकले पुस २३ मा जिल्ला अधिवेशन र माघ ८ मा प्रदेश अधिवेशन गर्ने निर्णय गरिसकेको छ।

प्रकाशित मितिः     ४ पुष २०७८, आईतवार १७:५६  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *