हुम्लामा नयाँ भाडादर निर्धारण-रेडियो श्रीनगर


फागुन १८ हुम्ला । हुम्लामा सञ्चालन हुँदै आएका छोटो तथा लामो दुरीका यातायातका लागि नयाँ भाडादर निर्धारण गरिएको छ ।

प्रशासन कार्यालय हुम्लाले जिल्लाभरका सबै रुढप्रमिटको भाडा दर कायम गरेको छ । हुम्लामा रुड कायम तथा कच्चि सडकमा सञ्चालन हुँदै आएको भाडा दर निर्धारण कायम गर्ने उदेश्यका साथ जिल्ला प्रशासन कार्यालयमा बसेको बैठक निर्णय गरेकोे हो ।

प्रमुख जिल्ला अधिकारी सीता परियारको अध्यक्षतामा जनप्रतिनिधि, नागरिक समाज, व्यवसायीसंघ लगायतकाहरुको उपस्थितमा बसेको बैठकले सडक सञ्जालसँग नजोडिएको हुम्लामा रुडप्रमिट विना गाडि सञ्चालन भईरहेको र मनपरि भाडा असुल्ने कार्य भएको भन्दै उक्त बैठक बसेको हो । यातायात व्यवस्था कार्यालय विरेन्द्रनगर सुर्खेतको फागुन ११ गतेको परिपत्र अनुसार बैठक सञ्चालन भएको हो ।

जिल्लाका कच्चि सडकको अवस्था, अस्थाई रुड कायम, भाडा दर एकरुप्ता बनाउनका लागि जिल्ला प्रशासन कार्यालय हुम्लामा उक्त परिपत्र आएको थियो । यतिखेर हुम्ला जिल्लामा करीव १४–१५ वटा गाडि रुटप्रमिट विनै सञ्चालन भएका, कालो प्लेट समेत नभएका र रातो प्लेटमा काम चलाउँदै आएका छन् । हुम्लामा रुटप्रमिट नभएको भए पनि यहाँ करीव ३ देखी ५ वर्षदेखि ट्राफिक प्रहरी र जिल्ला प्रशासन कार्यालयले गाडि सञ्चालन हुन दिइरहेको छ ।

त्यस्तै जिल्लामा बाइक चलाउनेको लाइसन्स नभएको, ट्याक्टर चालक उमेर नपुगेका हुँदा यहाँ दुरघट्नाको अति जोखिम रहेको पाइएको छ । यसका लागि सरोकारवाला निकायले उनिहरुलाई सचेत गर्नु पर्ने देखिएको स्थानीयको भनाई रहेको छ ।

सोमबार बसेको बैठकले जिल्लाको तल्लो क्षेत्रमा प्रति किलोमिटर ८ रुपैयाँ र माथिल्लो क्षेत्रमा १० रुपैयाँ भाडादर कायम गरेको छ । अदानचुलीको गल्फागाड देखी श्रीनगर बजार सम्म ८० रुपैयाँ, ताँजाकोटको कवाडी देखी मैला–छपे्रला–चाखुरे सम्म ८८ रुपैया, पैमा देखी सिरुपाटा–गोठेलवाडासम्म ८८ रुपैयाँ, लयाटा–काडागाउँ सम्म ५६ रुपैयाँ निर्धाणर गरिएको छ । यस्तै छप्रेला देखी नैकालासम्म ३२ रुपैया, खच्चा देखी भुज्माधारा सम्म ४० रुपैयाँ, सरिसल्ला मैला कवाडी ३१२ रुपैयाँ, सरिसल्ला पिप्पलाङ ४० रुपैया, लोती–मुगु सिमानासम्म २१६ रुपैया, सरिसल्ला–सर्केगाड ८० रुपैयाँ कायम गरिएको छ ।

यसैगरी माथिल्लो भेगको खार्पुनाथ–खर्पेलगाउ ६०, खार्पुनाथ–बोक्चेगौडा ४०, खार्पुनाथ–सिमकोट १२०, सिमकोट–लिमाटाङ रलिग १५०, सिमकोट–बरागाउँ,ठेहे,दोजाम २२०, सिमकोट–हेप्का १७०, सल्ली–लिमी ५५०, ट्याक्ची–हल्जी १५० रुपैयाँ कायम भएको छ । भने सिमिकोट–औलधिगा १५०, सिमकोट–लेखधिगा २२०, सिमकोट–लेगधिगा–लिमिलाप्चा ९०० र सिमकोट हिल्सा ९५० भाडादर कायम गरेको छ ।

हुम्ला जिल्लाभरका कुनै क्षेत्रमा जिल्ला प्रशासनले तोकेको भन्दा बढी भाडा असुलेमा वा नियम विपरीत गएमा सबै यात्रुहरुलाइ प्रहरीको फोन नम्बर एक सय वा जिल्ला प्रसासन कार्यालयमा फोन गर्न समेत अनुरोध गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय हुम्लाले निर्धारण गरेको नयाँ भाडादर यस्तो छ ।

प्रकाशित मितिः     १८ फाल्गुन २०७८, बुधबार ०७:३०  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *