श्रीनगर । बर्षा समय लागेसँगै सवारी चालकलाई यातायातका सवारी साधन चलाउन जोखिम हुदै गएको छ । यस क्षेत्र आसपास निरन्तर राती बर्षा हुने भएकाले सवारी साधन चलाउन जोखिम मोल्नु परेको हो ।
निरन्तर राति भई रहेको सामान्य तथा मध्यम बर्षाका कारण सडक हिलो भएर गाडि समेत चिप्लिने भएका कारण सावारी चालकहरुले यात्रुलाई यात्रा गराउन मुस्किल हुने गरेको सवारी चालकले बताएका छन । पछिल्लो समय यस अघिको गल्फागाड खोलमा आएको बाढीका कारण गल्फागाड श्रीनगर सडक खण्ड अबरुद्ध भएकाले झन सास्ती खेप्नु परेको अदानचुलीको श्रीनगरमा गाडि चलाउदै आएका सवारी चालकहरुले बताएका छन ।
यो समयमा सोही सडक खण्ड अबरुद्ध भएपछि मर्मतको काम संञ्चालनकै चरणमा रहेकाले सवारी साधनहरु हाल भिई छहरा काडखेत हुदै आएको सडक सवारी साधनकालागि बाध्यताको बाटो बन्दै गएको छ । पालिका केन्द्रमा आउने अन्य सडकको बिकल्प नभएपछि जोखिम मोलेरै भएपनि सवारी पास गर्नु पर्ने बाध्यता रहेको चालकहरुले बताउने गरेका हुन ।
पालिका केन्द्रमा सोही सडकबाट सवारीका साधन संञ्चालन भइरहेकाले फोर विइल भएका बोलेरो जिप र ट्रयाक्टर मात्र आउने गरेको पाइएको छ । अन्य २ विइल देखि मिनि ट्रक र ट्रकहरु आउने ठाउँ समेत नभएको देखिएको छ । सडकको दुरी छोटो भएपनि निकै आप्ठेरो,ठाडो र साघुँरो भएका कारण ठुला सवारी साधनलाई आउ जाउ गर्न समस्या भएको हो । उत्त सडक खण्डबाट सवारी साधनले धान्न सक्ने लोड समेत ल्याउन निकै कठिन भएको बताइएको छ ।
यताको अबरुद्ध सडक भने गाउँपालिकाले मर्मत गर्न कामदार खटाएको छ । सवारी साधनहरुलाई भएको समस्याको मध्यनजर गर्दै गाउँपालिकाले अबरुद्ध भएको केही दिन पछिनै मर्मत थालेको हो । सोही ठाउँमा पनि मर्मत गर्न निकै कठिन भएकाले समय लाग्ने समेत देखिएको छ । सडकमा निर्माण गर्दा लगाइएको ज्ञाबिन खोलेर पुःन भर्न पर्ने भएपछि २ दिन भित्र खोलिने देखिएको छ ।
