भ्रटाचार र भ्रष्टाजन्य कृयाकलापहरुको बारेमा सचेतना दिन अख्तियारको टोली हुम्लामा ।।


अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले हुम्लाका स्थानीय तहमा पुगेर अन्त्रकृया कार्यक्रम गर्न सुरु गरेको छ । पछिल्लो समय स्थानीय निकायहरुबाट भ्रष्टाचारका उजुरीहरु बढेकाले अख्तियारको टोली गाउँ गाउँमा गएर भ्रटाचार र भ्रष्टाजन्य कृयाकलापहरु बारेमा सचेतना दिनको लागि उक्त टोली हुम्लामा पुगेको हो ।

बुधबार अदानचुली गाउँपालिकाका सबै जनप्रतिनिधिहरु, क्रमचारीहरु र सरोकारवाल निकायका प्रतिनिधिहरु राखेर भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धी अन्त्रकृया कार्यक्रम गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतका प्रमुख राजकाजी श्रेष्ठले बताउनु भयो ।

अन्त्रकृया कार्यक्रममा अधिकांश जनप्रतिनिधिहरुले अधिकांस उजुरीहरु राजनितिक प्रतिशोध र व्यक्तिगत रिसिभीका आधारमा हाली नागरीक र जनप्रतिनिधिहरुलाई अनावश्यक दुख दिने गरेको भन्दै यस प्रति आयोज सचेत भई निश्पक्ष छानविन गर्न र उजुरीकर्तालाई पनि सार्वजनीक गर्न आग्रह गरेपनि उजुरीकर्ता सार्वजनीक गर्दा झन् भ्रष्टाचार बढ्ने भएकाले सार्वजनीक गर्न नसकिने बताउनु भयो ।

हुम्ला जिल्लाका सात वटै पालिकामा गत चैत्र मसान्त सम्म १ सय ५६ वटा उजुरी परेको भएपनि ६४ वटा फर्सौट भैसकेको बताउनु भयो । सुर्खेत कार्यालयमा परेका उजुरीहरु मध्ये अधिकांस स्थानीय तहका आयोजनाहरु भएकाले पनि यस सम्बन्धी सचेतना दिनको लागि यस किसिमको अन्त्रकृया गरेको बताउनु भयो ।

बाँकी दिनहरुमा पनि बर्षको एक चोटी भन्दा सकिन्छ भने एक महिनाको दुई पटक र सकिदैन भने बेला बेलामा शुशासन कायम गर्नका लागि अख्तियार दुरुपयोग अनुसान्धान आयोगको टोलीलाई गाउँपालिका अध्यक्ष मोहन बिक्रम सिंहले अनुरोध गर्नु भयो……………………..

गाउँपालिकामा यस्ता कार्यक्रम गरीदिए नागरीक खुसी हुने भएपनि आफुले कार्यालयबाट समय मिलाउने कोसिस गर्ने बताउदै अख्तियारका बारे जानकारी दिनु हुन्छ अख्तियार दुरुपयोग अनुसन्धान सुर्खेतका सिडिई राजकाजी श्रेष्ठ…………………..

आयेगले के कस्ता कार्य गर्यो भने भ्रष्टाचार हुँन्छ र यदी कसैले भ्रष्टार गरेको छ भने के कसरी र कुन कुन माध्यमबाट उजुरी दिन सकिन्छ भन्ने विषयमा वर्षको एक पटक हरेक स्थानीय तहमा अन्त्रकृया गर्ने योजना बनाएको बताउनु भयो । आयोगमा परेका उजुरीहरुको निरिक्षेणसँगै अन्त्रकृया गर्नको लागि आयोगबाट सुर्खेत कार्यलयका प्रमुख श्रेष्ठ सहित ४ जनाको टोली हुम्ला पुगेको हो ।

प्रकाशित मितिः     १ जेष्ठ २०८२, बुधबार २०:१०  |