सोरु गाउँपालिकाको अर्धवार्षिक समिक्षा गोष्ठि सम्पन्नः आगामि आर्थिक वर्षको निति तथा कार्यक्रम र बजेट निर्माण जुट्यो ।


सोरु गाउँपालिकाको अर्धवार्षिक समिक्षा गोष्ठि सम्पन्न भएको छ । आर्थिक वर्ष सकिन केही दिन मात्र बाँकी रहेका बेला सोरु गाउँपालिकाले गत वर्ष विनियोजन रकम मध्ये के कती खर्च भयो र के कती काम भैरहेको लगायत आगामि आर्थिक वर्षमा समेट्न सकिने विषयहरुको समिक्षा गरीएको छ ।

गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाहीको अध्यक्षतामा आज गाउँपलिकाको सभाहलमा उपाध्यक्ष केशरबहादुर मल्ल, प्रमुख प्रशासकिय अधिकृत अनुप श्रेष्ठ सहित सबै वडाका वडा अध्यक्षहरु, कार्यकापालिकाका सदस्यहरु, गाउँपालिका स्थीत सबै शाँखाका शाँखा प्रमुखहरुको उपस्थितीमा यस वर्षको वार्षिक समिक्षा गोष्ठी सम्पन्न भएको जनाइएको छ ।

हरेक स्थानीय तहले ६।६ महिनामा अर्धाबार्षिक समिक्षागरी सार्वजनिक सुनुवाई गर्नु पर्ने नितिगत ब्यबस्था भएकाले यस वर्षको सार्वजनिक सुनुवाई गरिएको प्रमुख प्रशासकिय अधिकृत अनुप श्रेष्ठले बताउनु भयो ।

चालु आ . व २०८१।०८२ को अर्धवार्षिक अवधिमा भएका विकास निर्माण, सेवा प्रबाह र कार्य सम्पादन सम्बन्धी समिक्षा गरीएको बताउनु भएको छ ।

यसै गरी आगामि आर्थिक वर्षको निति तथा कार्यक्रम र बजेट निर्माणको चरणमा रहेकाले आजै सरोकारवाला निकायहरुसँग सुझाब संकलन गरिएको पनि बताउनु भएको छ ।

प्रकाशित मितिः     २५ जेष्ठ २०८२, शनिबार १९:१९  |