राष्ट्रियता र लोकतन्त्रको संरक्षणका लागि भन्दै एमालेको जनभेला ।


भदौ २३ र २४ मा भैको जेन्जी आन्दोलन पश्चात विकसित राजनितिक घटनाक्रम पश्चात एमालले आज देशैभर जनप्रदन स्वरुप बृहत्त जनभेला सम्पन्न गरेको छ ।

संविधान, राष्ट्रियता र लोकतन्त्रको रक्षा तथा प्रतिगामी षड्यन्त्रको विरोधमा नेकपा एमाले केन्द्रीय कमिटिले तय गरेका कार्यक्रम अनुसार हुम्लाका ७ वटा स्थानीय तह मध्ये ५ वटा स्थानीय तहमा आज जनप्रदशन सहित बृहत्त जनभेलाहरु सम्पन्न भएको जिल्ला पाटी सचिब तिर्थराज बोहोराले बताउनु भयो ।

उहाँका अनुसार नाम्खा गाउँपालिकामा यतिबेला अत्याधिक चिसोका कारण भेला गर्न नसकिने भन्दै ताँजाकोट गाउँपालिकामा भोली हुने बताउनु भयो । पाटी केन्द्रबाट आएका प्रमुख अतिथि तथा स्थायी कमिटी सदस्य एवं कर्णाली प्रदेश इन्चार्ज गोरखबहादुर बोगटी र पाटी केन्द्रीय सदस्य दल फडेरा आज अदानचुली गाउँपालिकाको आमसभालाई सम्बोधन गर्ने र भोली ताँजकोटमा हुँने आमसभामा सम्बोधन गर्ने कार्यक्रम रहेको बताउनु भयो ।

पार्टी केन्द्रको निर्णय अनुसार कार्तिक २२ गते वडा तहमा भेला, कार्तिक २५ गते पालिका स्तरमा जनप्रदर्शन र कार्तिक २९ गते जिल्ला स्तरमा भव्य जनसभा आयोजना गर्न निर्देशन दिएको छ । पार्टीका प्रदेश, जिल्ला, पालिका र वडा कमिटीका पदाधिकारीहरूलाई निर्धारित कार्यक्रमहरूमा जिम्मेवारीपूर्वक संलग्न भई देशव्यापी अभियानलाई सफल बनाउन आग्रह गरेको छ ।

संविधान, राष्ट्रियता र लोकतान्त्रिक मूल्य–मान्यतामाथि भइरहेका चुनौतीको प्रतिवाद स्वरूप आज देशभर जनप्रदशन गरीएको प्रदेश इन्चार्ज बोगटीले बताउनु भयो ।

खार्पुनाथ गाउँकमिटिका अध्यक्ष गिठे ऐडीको अध्यक्षथतामा भएको जनपर्दशन कार्यक्रममा एमाले नेता लोकबहादुर हमालले एमालेको राष्ट्रवादी नीति र एमाले अध्यक्ष केपी शर्मा ओलीको समृद्ध नेपाल निर्माणको दिर्घकालिन सोचबाट डराएका प्रतिक्रियावादी शक्तिहरुकै कारण भदौं २३ र २४ गतेको घटना घटेको बताए ।

एमाले केन्द्रको निर्णय अनुसार सातवटा स्थानीय तहमा भएको हुम्लाको अदानचुलीमा पार्टी स्थायी कमिटि सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज गोरखबहादुर बोगटीकाे नेतृत्वमा, ताँजाकोट गाउँपालिकामा प्रदशे कमिटि सदस्य पुर्ण प्रसाद ढकालको नेतृत्वमा चंखेलीमा पुर्व जिल्ला कमिटि उपसचिव विमला कुमारी शाहीको नेतृत्वमा, सिमकोटमा जिल्ला अध्यक्ष ज्ञामी वुमीको नेतृत्वमा जनप्रदर्शन कार्यक्रम आयोजना गरिएको एमाले हुम्लाका सचिव तिर्थराज बोहराले जानकारी दिए ।

प्रकाशित मितिः     २६ कार्तिक २०८२, मंगलवार १८:२१  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *