अदानचुली गाउँपालिकाको आयोजनामा तथा हेड नेपालका समन्वयमा आज ३४ औ अन्तराष्टिय अपाङगता दिवश मनाएको छ । गाउँपालिकाको प्राङगणमा माध्यामिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता गरेर मनाएकाले अदानचुली गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रदिप भण्डारीले बताउनु भएको छ ।
गाउँपालिकाका उपाध्यक्ष कर्ण रोकायाको प्रमुख आतिथ्यमा तथा प्रमुख प्रशासकिय अधिकृत भण्डारीको अध्यक्षतामा सञ्चालन गरीएको उक्त दिवशको अवशरमा आयोजित वक्तृत्वकला प्रतियोगितामा छात्रा तर्फ जनकल्याण माध्यामिक विद्यालयकी सुरक्षा थापा प्रथम भएकी छन् । कैलाशपुरी माध्यामिक विद्यालयकी बशन्ती कटेल द्धितिय र सुर्योदय माध्यामिक विद्यालयकी सुविधा थापा तृतीय तथा सान्त्वनामा ज्ञानोदय माबीकासरला पाण्डे भएकी छन् ।
यस्तै छात्र तर्फ कैलापुरी माध्यामिक विद्यालयका मनोज टमटा प्रथम भएका छन् भने ज्ञानोदय माध्यामिक विद्यालयका प्रकाश जैसी द्धितिय र सल्लाघारी माध्यामिक विद्यालयका सिद्धराज सिंह तृतिय, तथा सान्त्वनामा सुयोदय माबिका अजय फडेरा आएका छन् । उनिहरुलाई बिभिन्न स्टेस्नरी सामाग्रीहरु दिएर पुरस्कृत गरिएको हेड नेपालका अशल बमले बताउनु भएको छ । यस कार्यक्रमलाई हेड नेपाललले प्राबिधिक तथा समन्वय गरीएको र टेक्सेस नेपाल र अदानचुली गाउँपालिकाको आयोजना तथा अपाङगता अधिकार कोषको आर्थिक सहयोगमा सञ्चालन गरीएको बताउनु भयो ।
प्रति विद्यार्थी ५ मिनेटको समय दिएको वक्तृत्वकला प्रतियोगितामा अपांगता समावेशी समाजको प्रवद्र्धन जामाजिक उन्नतीको सम्बर्धन भन्ने विषयमा रही सञ्चालन गरिएको बताउनु भयो ।
योसँगै गाउँपालिका भित्र रहेका अपाङ्गता भएका व्यत्तीहरुलाइ खादाले सम्मा समेत गरीएकाे छ भने गाउँपालिका भरीका २ जना नन्द रोकाया र अषाडी सुनारलाइ दाेसल्लाहले सम्मान गरीएको हेडनेपाल स्रोतले जनाएको छ ।
