फागुन २४ हुम्ला । नेपाल कम्युनिष्ट पार्टीका डा. दिपेन्द्र रोकायालाई फराकिलो मतान्तरमा पराजित गर्दै नेपाली काँग्रेशका जयपति रोकाया निर्वाचित भएका छन् । बिहिबार सम्पन्न निर्वाचनको मतपरिणाम अनुसार नेपाली काँग्रेशका उम्मेदवार जयपति रोकायाले ८ हजार ७ सय ९७ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम् प्रतिस्प्रर्धी नेपाली कम्युनिष्ट पार्टीका डा. दिपेन्द्र रोकायाले ७ हजार २ सय ४३ मत प्राप्त गरेका छन् । उनिहरु बिचको मतान्तर १ हजार ५ सय ५४ रहेको छ ।
त्यस्तै, नेकपा एमालेका उम्मेदवार दल फडेराले ४ हजार ३ सय ३१ मत प्राप्त गरेर तेस्रो स्थानमा रहेका छन् चौथो स्थानमा भने राष्ट्रिय स्वतन्त्र पार्टीका टासी लाजोमले १ हजार ६४ मत प्राप्त गर्दा प्रलोपाका उम्मेदवार जटिल कार्कीले २ सय ४८ मत प्राप्त गरेका छन् । नेकपा(माओबादी)का कुम्भ बुढाले १ सय २८ मत प्राप्त गर्दा राप्रपाका उम्मेदवार छक्क बुढाले पनि १२४ मत प्राप्त गरेका छन् भने कुल ३ सय ४२ मत बदर भएको मुख्य निर्वाचन अधिकृत निलकण्ठ बरालले बताउनु भयो ।
प्रतिनिधि सभा निर्वाचन क्षेत्र एक भएको हुम्लामा प्रदेश निर्वाचन क्षेत्र क बाट भारी मत ल्याउदा काँग्रेशका रोकाया निर्वाचित भएका छन् उनलाई प्रदेश निर्वाचन क्षेत्र ख बाट नेकपाका उम्मेदवार रोकाया १ हजार २ सय १२ मतले अघि रहेका थिए प्रदेश निर्वाचन क्षेत्र क को मतपरिणाम अनुसार उनि अन्ततः १५ सय ५४ मतको फराकिलो मतान्तरमा विजयी भएका छन् ।
हुम्लामा नेपाली काँग्रेशलाई भेगिए सहित पार्टीको संगठनात्मक मत आएको छ । उनि माथिल्ले क्षेत्र वा सिमकोट गाउँपालिका र खार्पुनाथ गाउँपालिकामा उनलाई अत्याधिक मत आएपछि उनको विजय सुनिश्चत भएको हो । –––कालीबहादुर थापा
