बुधबार सम्पन्न जिल्ला स्तरीय बक्तृत्वकला प्रतियोगितामा सिता माध्यामिक विद्यालय प्रथम भएको छ ।
सामाजिक विकास कार्यालय हुम्लाको आयोजनामा सिमकोट गाउँपालिका वडा नम्बर ५ स्थित भिमसेन आधारभूत विद्यालयमा सञ्चालन गरिएको जिल्ला स्तरीय बक्तृत्वकला प्रतियोगितामा उक्त विद्यालय प्रथम भएको हो । डिजिटल युगमा शिक्षाको महत्व र यसले विकासमा पार्ने प्रभाव भन्ने विषयमा सञ्चालन गरिएको जिल्ला स्तरीय बक्तृत्वकला प्रतियोगितामा ताँजाकोट गाउँपालिका बाहेक अन्य ६ वटा गाउँपालिका भित्रका माध्यामिक विद्यालयका छात्र, छात्राहरूको सहभागिता रहेको समाजिक विकास कार्यालय हुम्लाका प्रमुख ईश्वर बहादुर सिंहले बताउनु भयो ।
जिल्लामा विद्यालय तहका विद्यार्थीहरुको प्रतिभा पहिचान कार्यक्रम अन्र्तरगत ९ वटा विद्यालयका १६ जना विद्यार्थीहरूले सहभागिता जनाएका हुँन् । खार्पुनाथ गाउँपालिका वडा नम्बर ४ स्थित सीता माविका छात्रा सुनिता रोकायाले ७६.१६ प्रतिशत अंक ल्याएर प्रथम भएकी छन् भने सिमकोट गाउँपालिका वडा नम्बर ७ स्थित कर्णाली माविका छात्रा सम्झना शाहीले ७६.०३ प्रतिशत ल्याएर द्धितिय, खार्पुनाथ गाउँपालिका वडा नम्बर १ स्थित मालिका माविका छात्रा समिक्षा शाहीले ७५ प्रतिशत ल्याएर तृतिय र सिमकोट गाउँपालिका वडा नम्बर ८ स्थित सैपाल हिमाल माविका विष्णु बुढाले ७२.६६ प्रतिशत ल्याएर सान्त्वना भएको कार्यालय प्रमुख सिंहले बताउनु भयो ।
त्यसै गरी प्रथम हुने विद्यार्थीलाई १५ हजार ६ सय ७०, द्धितियलाई ९ हजार २०, तृतियलाई ६ हजार ५ सय २० र सान्त्वना हुनेलाई ५ हजार २ सय ७० रुपियाँ पुरस्कार प्रदान गरिएको छ ।
