राष्ट्रिय परिचयपत्र बनाउन हुम्लाका गाउँ गाउँमा गयो विभागको टोली ।।


राष्ट्रिय परिचयपत्र बनाउनको लागि जिल्ला प्रशासन कार्यालयको टोली गाउँ गाउँमा पुगेको छ ।

पछिल्लो समय नेपाल सरकारले सबै निकायमा राष्ट्रिय परिचय पत्रलाई अनिवार्य गरेपछि नागरिकलाई सास्ती भैरहेको समयमा जिल्ला प्रशासन कार्यालयको आग्रहमा राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागको टोली हुम्ला जिल्लाको तल्लो क्षेत्र ताँजाकोटबाट शिबिर सुरु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्रबहादुर चन्दले बताउनु भयो ।

बैशाख २८ गते आईतबारबाट सुरु गरिएको राष्ट्रिय परिचयपत्रको विवरण प्रविष्ट गर्ने सम्बन्धी सेवा गाउँ गाउँमा पुर्‍याएर हुम्लीबासी आमावुवा, दिदिबहिनी तथा दाजुभाईहरुको घरदैलोमा सेवा प्रदान गर्नको लागि जिल्लाको तल्लो क्षेत्र ताँजकोटबाट सुरु गरिएको बताउनु भएको छ ।

ताँजाकोटबाट सुरु गरिएको उक्त शिविर जिल्लाका सात वटै गाउँपालिका अदानुचली, चंखेली, सर्केगाड, खार्पुनाथ, सिमकोट हुँदै जिल्लाको माथिल्लो क्षेत्र नाम्खा गाउँपालिका सम्म लगातार शिबिर सञ्चालन गर्ने भएकाले राष्ट्रिय परिचयपत्र नभएका सबै नागरिकहरुले आवश्यक पर्ने सक्कलै कागजातहरु दुरुस्त गरी तयारी अवस्थामा रहन अनुरोध सर्मेत गर्नु भयो ।

कुन गाउँपालिकामा कति दिन बस्ने भन्ने कार्यतालिका नभएपनि गाउँपालिकाको आवश्यकताको आधारमा बस्ने र गाउँपालिकाको मागको आधारमा बनाउन गई शिविर सञ्चालन गर्ने भएको छ ।

प्रकाशित मितिः     २९ बैशाख २०८२, सोमबार १७:२९  |