अदानचुली गाउँपालिकाको प्रशासकिय भवन निर्माण यसै वर्षबाट सुरु हुँने ।


अदानचुली (हुम्ला) मंसिर १२ (रासस) ः अदानचुली गाउँपालिकाको प्रशासकिय भवन निर्माण यसै वर्षबाट सुरु हुँने भएको छ ।

नेपाल सरकार शहरी विकास मन्त्रालय, पुर्वाधार विकास विभाग, स्थानीय तहको प्रशासकिय भवन पुर्वाधार विकास कार्यक्रमले आज अदानचुली गाउँपालिकालाई पत्राचार गर्दै प्रशासकिय भवन निर्माणको प्रकृया अगाडि बढाउन आदेशानुसार अनुरोध गरेको अदानचुली गाउँपालिकाका अध्यक्ष मोहन विक्रम सिंहले बताउनु भयो ।

उहाँका अनुसार शहरी विकास मन्त्रालयका सचिब गोपाल प्रशाद शिग्देलको संयोजकत्वमा बसेको बसेको कार्यक्रम सञ्चालन निर्देशक समितिको बैठकले अदानचुली गाउँपालिकाको भवन निर्माणको लागि यस कार्यक्रमबाट लागत सहभागिताको शर्त अनुसार छनौट भएको हुँदै तत्कालै निर्माण प्रकृया सुरु गर्न आदेश दिएको बताउनु भयो ।

यस अघि प्रशासकिय भवनको जग्गा खरिद गरीएको भएपनि गाउँपालिकाको नाममा नामसारी नभएका कारण भवन निर्माणको लागि स्रोत जुटाउन गाह्रो भएको थियो । अघिल्लो कार्यकालमा जग्गा खरिद गरिएको भएपनि गएको वर्ष गाउँपालिकाले जग्गा गाउँपालिकाको नाममा ल्याए लगत्तै प्रशासकिय भवन निर्माणको लागि बाटो खुलेको हो । गाउँपालिकाको नाममा जग्गा पास भएदेखी आफु निरन्तर रुपमा प्रशासकिय भवन निर्माणको लागि पहल गरी रहेको भएपनि यस वर्षबाट निर्माण प्रकृया सुरु हुँने भएको अध्यक्ष सिंहले बताउनु भयो ।

अहिले सम्म अदानचुली गाउँपालिकाको आफ्नै भवन बन्न नसक्दा भाडामै बसेको अबस्थामा गएको वर्ष मात्रै गाउँपालिकाको आन्तरीक स्रोतबाट अस्थायी टहरा निर्माण गरेको छ । उक्त अस्थायी टहरामा सर्ने तयारी भैरहेको गाउँपालिका स्रोतले जनाएको छ । गएको साउनबाटै सर्ने भनिएपनि केहि विविध कारणले सर्न नसकिएको र त्यहाँ केही व्यबस्थापन समेत गर्न नसकिएकाले केही ढिलाई भैरहेको जनाएको छ । अस्थयी टहरा आफ्नै जग्गामा बनेको छ ।

हुम्लाका ७ वटा गाउँपालिका मध्ये ताँजाकोट गाउँपालिकाले आफ्नै जग्गामा स्थयी प्रकृतिको पक्की भवन निर्माण गरी सकेको छ भने खार्पुनाथ गाउँपालिकाले अस्थायी प्रकृतिको भवन निर्माण गरी बसेको छ अब यसै वर्षबाट अदानचुली गाउँपालिकाले पनि यसै वर्षबाट आफ्नै भवन निर्माण प्रकृया सुरु गर्ने भएको छ ।

प्रकाशित मितिः     १३ मंसिर २०८२, शुक्रबार १७:३७  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *