नेकपा एमाले हुम्लाको बैठक सम्पन्नः मूल निर्वाचन परिचालन कमिटि सहित विभिन्न ६ वटा कमिटि गठन गर्यो 


निर्वाचनको तयारीका सन्दर्भमा नेकपा एमालेको आठौ जिल्ला कमिटि बैठक पार्टी कार्यालय सिमकोटमा सम्पन्न भएको छ । जिल्ला पार्टी अध्यक्ष ज्ञामी बुमीको अध्यक्षता र निवर्तमान स्थायी कमिटी सदस्य गोरख बहादुर बोगटीको प्रम्ख आथित्यमा बसेको बैठकले आगमी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन लक्षित विभन्नि निर्णय पारित गरेको छ आज बसेको बैठकले मूल निर्वाचन परिचालन कमिटि सहित विभिन्न ६ वटा कमिटि गठन गरेको छ ।

नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभा निर्वाचनको लागी हुम्ला जिल्लामा पाटी केन्द्रीय सदस्य दल फडेराले टिकट पाए लगतै बसेको जिल्ला कमिटिको बैठकले जिल्ला इन्चार्ज दल रावलको संयोजकत्मा ३ सय १ सदस्यीय मुल निर्वाचन परिचालन कमिटि गठन गरिएको जिल्ला पाटी सचिव तिर्थराज बोहोराले बताउनु भयो उहाँका अनुसार उक्त मुल निर्वाचन परिचालन कमिटिमा केन्द्रीय सदस्य तथा समानुपातीक उम्मेदवार गोरख बोगटी, प्रतिनिधि सभाका उम्मेदवार दल फडेरा, जिल्ला अध्यक्ष ज्ञामि बुमि तथा प्रदेश कमिटिका सदस्यहरु रहने गरि ३०१ सदस्यीय कमिटि गठन गरेको छ ।

यस्तै केन्द्रीय सदस्य तथा समानुपातीक उम्मेदवार गोरखबहादुर बोगटीको संयोजकत्वमा ६ सदस्यीयराजनितिक संवाद कमिटि पनि गठन गरेको छ । जिल्ला पाटी उपाध्यक्ष प्रकाश शाहीको संयोजकत्वमा ७ सदस्यीय आर्थिक परिचालन उपसमिति, जिल्ला कमिटि सचिव बोहराको संयोजकत्वमा ७ सदस्यीय प्रचारप्रसार उपसमिति, उपेन्द्र शाहीको संयोजकत्वमा २०१ सदस्यीय स्वयंसेवक परिचालन कमिटि र चन्द्र ढकालको संयोजकत्वमा ९ सदस्यीय सास्कृति उपसमिति गठन गरिएको सचिब बोहराले बताउनु भएको छ ।

हिजो मात्रै जिल्लामा पुगेका केन्द्रीय नेताहरु गोरख बोगटी,दल रावल, दल फडेरा सहितको जिल्ला कमिटिका अध्यक्ष ज्ञामि बुमि, र जिल्ला कमिट सचिव तिर्थराज बोहराको टोली जिल्लामा आए लगतै नेकपा एमाले हुम्लाको सोमबार आफ्नै कार्यालयमा बैठक बसेको र फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागी निर्वाचन मूल परिचालन कमिटि सहित विभिन्न ६ वटा कमिटि गठन गरेको बताउनु भएको छ । अब भोली मनोनयन दर्ता गरी पर्सिबाटै चुनाबी प्रचार प्रसार तिर लाग्ने निर्णय भएको पनि बताउनु भएको छ ।

प्रकाशित मितिः     ६ माघ २०८२, सोमबार १७:५३  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *