अनन्ते तथा माझ पुर्णिमा मनाइयो
हुम्ला । जिल्लाका बिभिन्न देवताको महत्वका रुपमा रहेको अनन्ते तथा माझ पुर्णिमा जिल्लामा धाम नाच र देउडा खेल लगाएर मनाइएको छ । एकादशी तिथिका रातीबाट देउडा खेलसँगै तिर्थ बर्त पुजा पाठ लगायतका देवताका बिभिन्न कार्य सम्पन्न पछि पुर्णिमा तिथीका दिन देवालयमा धाम नाच गरेर माझ पुर्णिमा मनाइएको हो ।
बिशेष देवताको पुजा आरधनाबाट सुरु गरिएको अनन्ते पुर्णिमा पालिकाको केही ठाउँहरुमा बिहान देखी धाम नाच गरिएको छ







