कोरोना खोप अभियानका लागि हुम्लामा १०६ केन्द्र तोक्यो
फागुन २२ हुम्ला । स्वास्थ्य सेवा कार्यालय हुम्लाले आइतबार देखी सुरु हुने कोरोनाविरुद्धको खोप अभियानका लागि हुम्लाका सातैवटा गाउँपालिकाका विभिन्न १ सय ६ ठाउँमा खोप केन्द्र तोकेको छ ।
सरकारले फागुन २३ गते आइतबारदेखि देशभरका विभिन्न खोप केन्द्र मार्फत ५५ वर्ष माथिका नागरिकलाई खोप लगाउने घोषणा गरिसकेकाले हुम्लामा पनि ६५ वर्षमाथिका व्यक्तिलाई कोरोना खोप लगाउन विभिन्न १ सय ६ ठाउँमा खोप केन्द्र तोकिएक








