हुम्ली बस्न मान्दैनन् क्वारेन्टाइनमा
दाने बाेहरा हुम्ला
चैत्र २३ हुम्ला । हुम्लाका सात स्थानीय तहमा १४१ क्वारेनटाइन बनेका छन् । कोरोना भाइरसको संक्रमण फैलन नदिन सात गाउँपालिकाका ४४ वडामा बनेका क्वारेन्टाइनस्थल अधिकांशमा आधारभूत सुविधासमेत नभएपछि अधिकांशले बस्न मानेका छैनन् ।
सर्केगाड गाउँपालिकामा तयार भएका क्वारेनटाइनमा कोही बस्न नमान्दा खाली रहेको गाउँपालिकाले जनाएको छ । सर्केगाडले केही दिन अगाडिदेखि महिनाको रु ३० हजार तिर्ने गरे








