हुम्लामा जग्गा वर्गीकरण नगर्दा कित्ताकाट रोकियो, भुमि समस्या समाधान आयोगको काम सुन्य ।
जग्गा वर्गीकरण नगरेका कारण हुम्लाका ६ गाउँपालिकामा कित्ताकाट रोकिएको छ । भूउपयोग नियमावली जारी भएको तीन वर्ष विति सक्दा पनि हुम्लाको सर्केगाड गाउँपालिका बाहेक अन्य ६ वटै पालिकाले जग्गाको वर्गीकरण नगर्दा कित्ता रोकिएको हो ।
७ वटा पालिका भएको हुम्लाका नाम्खा, सिमकोट, खार्पुनाथ, चंखेली, अदानचुली र ताँजाकोट गाउँपालिकाले जग्गाको पूर्ण वर्गीकरण नगरेपछि कित्ताकाट ठप्प भएको नापी कार्यालयका निमित्त कार्या









