हुम्लामा पनि बडादशैं सुरु, घरघरमा घटस्थापना गरी जमरा राख्दै ।
नेपालीहरूको महान् पर्व बडादशैं आजदेखि सुरु भएको छ । दशैंको पहिलो दिन घटस्थापनाका अवसरमा हुम्लासहित देशभरका हिन्दू धर्मावलम्बीले घरघरमा विधिपूर्वक घटस्थापना गरी जमरा राख्ने तयारी गरीरहेका छन् ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार आज बिहान ११ बजेर ४७ मिनेटमा घटस्थापनाको साइत निर्धारण गरिएको थियो । समितिका अध्यक्ष सहप्राध्यापक डा. पुरुषोत्तम भट्टराईका अनुसार सूर्योदयकालमा प्रतिपदा तिथि परेको दिन









