हुम्लाका तीन स्थानबाट सहुलियत दरको खाद्यान्न बिक्री सुरुः तेल र चिनि तिहार सम्म हुँने ।
भाद्र ३० हुम्ला । नेपाल खाद्यले चामल, तेल र चिनि सौलियतमा ब्रिकी वितरण गर्ने भनिएता पनि यतिबेला खाद्यन्न मात्रै विक्रि वितरण भएको छ ।
तेल र चिन जिल्ला सदरमुकाममा विक्रि वितरण भएपनि अन्य क्षेत्रमा भने केहि दिन पछि सौलियतमा विक्रि वितरण हुँने खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमीटेड हुम्ला शाखाले जनाएको छ । यस वर्षको चाड पर्व लक्षित खाद्यान्न बिक्री कार्य आजबाट हुम्लाका तीन स्थानबाट सुरु भएको छ ।









