कर्णाली करिडोरको सडक खन्ने क्रममा अदानचुली २ का नवराज बुढा गम्भिर घाईते


युवराज भण्डारी

२५ माघ हुम्ला । कर्णाली करिडोरको सडक खन्ने क्रममा अदानचुली २ का नवराज बुढा गम्भिर घाईते भएका छन् । हुम्ला जिल्लाको तल्लो भेगमा रहेको तिर्थासैन भन्ने ठाउँ नजिकै काम गरी रहेको अबस्थामा माथिबाट ढुंगा खस्दा उनि घाईते भएका हुँन्, शुक्रबार करिब ४ बजे तिर अकस्मात माथिबाट ढुंगा खस्दा घाईते भएका बुढालाई शनिबार कोहलपुरको दशबिघा अस्पतालमा भर्ना गरीएको बिरामी सँग रहेको उनका आफन्त कबिराज बुढाले बताए ।

नेपाली सेनाले जिम्मा लिएको उक्त सडकमा जुन ठाउँमा असहज छ त्यहि ठाउँमा काम गरीरहेका बुढाको टाउँकोमा चोट लागेको छ भने आँखा र टाउकोबाट रगत बगिरहेको उक्त सडकमा काम गरी रहेका स्काईभेटरका ड्राइभर अनिल कुमार भण्डारीले बताए ।

कृष्ण बुढाका एक मात्र छोरा करिब २४ बर्षिया बुढालाई अकस्मात चोट लागि घाईते भए पछि उनका जेठो बुवा बिस्नु बहादुर बुढा,दाजु धर्मराज बुढा पनि उनिसँगै गएका छन् ।

घाईते बुढालाई चोट लागे पछि बेहोस भएका थिए शनिबार साँझ भने होस आएर कुराकानी गरीरहेको घाईते सँगै रहेका उनका आफन्त कबिराज बुढाले बताए । उनलाई शुक्रबार साँझै नेपाली सेनाको जिप मार्फत बाजुराको कोल्टी पुर्याईएको र आज हवाइजहाज मार्फत नेपालगञ्ज हुँदै अहिले कोहलपुर अस्पतालमा उपचार भैरहेको छ ।

प्रकाशित मितिः     २५ माघ २०७६, शनिबार २०:००  |