लकडाउनको समयमा श्रीनगर बजारमा चोरी


चैत्र २३ हुम्ला । लकडाउनको समय पारेर अदानचुली गाउँपालीकाको मुख्य बजारमा चोरी भएको छ ।

शनिबार राती श्रीनगर बजारकै ४ जनाको एक समुहले मुख्य बजारमा रहेको एक पशलमा चोरी भएको छ । प्रहररी चौकीको नजर पर्ने पशलमा शनिबार राती ढोकाको ताल्चा फोडेर चोरी भएको गंगा जमुना जनरल स्टोरका प्रोप्राईटर मिम बहादुर रोकायाले बताए ।

आफुलाई चोरी हुँन्छ भन्ने कुरा के थाहा उनले भने “साँझ ढोका बन्द गरेर गए बिहान आउँदा ढोका फेरीएको रहेछ”
शनिबार राती चोरी गर्ने ४ जनाको समुह पत्ता लागेर पनि चारै जनालाई प्रहरीले पक्राउ गरी लगि सकेको छ तर पनि चोरी भएको पशल(गंगा जमुना जनरल स्टोर) का प्रोप्राइटर रोकायाले भने चोरी गर्नेको नाम भन्न चाहेनन् उनका अनुसार चोरी गर्नेमा साबिकको श्रीनगरका नामी छोर ……सुनारको नेतृत्वमा …..बिष्ट,……..पार्की,………………भियाल गरी चार जनाले शनिबार राती करिब ३५ हजार बराबरको सामान सहित नगद रुपैया पनि चोरी गरेको बताए ।

प्रहरी चौकी श्रीनगरले भने चोरी गर्ने सबै जना पक्राउ गरी सकेको तर सबै जना नाबालक भएकाले उनिहरुका अबिभाबक बोलाएकोले छलफल पछि सबै जानकारी दिने जनाएको छ ।

प्रकाशित मितिः     २३ चैत्र २०७६, आईतवार २१:००  |