झापाका एक व्यक्तिमा देखियो कोरोना, संक्रमितको संख्या ४९ पुग्यो


काठमाडौं ।

नेपालमा कोरोना संक्रमितको संख्या ४९ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज एक नयाँ संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ४९ पुगेको हो ।

स्वास्थ्य मन्त्रालयले केही बेरअघि आफ्नो फेसबुक पेजमा लेखेको छ, ‘हालको अध्यावधिक विवरण अनुसार कोभिड १९ पुष्टी भएकाहरूको जम्मा संख्या ४९ पुगेको छ ।’

आज बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा भएको परिक्षण अनुसार एकजनामा कोरोना पुष्टी भएको मन्त्रालयको भनाइ छ ।

नयाँ संक्रमित झापा निवासी ६२ बर्षका पुरुष रहेका मन्त्रालयले जानकारी दिएको छ ।

हालसम्म प्राप्त विवरण अनुसार संक्रमित ति व्यक्ति आइसोलेशनमा अस्पतालमा रहेका र स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।

प्रकाशित मितिः     १२ बैशाख २०७७, शुक्रबार २२:१५  |