मंगलबार संकलन गरीएका ५ सय ६९ स्वाबको पिसिआर रिपोर्ट नेगेटीभ,


जेठ ८ हुम्ला । कर्णाली प्रदेश सरकारको पहलमा मंगलबार संकलन गरीएका ५ सय ६९ स्वाबको पिसिआर रिपोर्ट सबै नेगेटीभ भएको छ ।

कोरोना भाईरस कोभिड १९ संक्रमण पत्ता लगाउँनको लागि हुम्लाबाट मंगलबार ४ सय १८ जना स्वाब संकलन गरीएको थियो बुधबार राती साढे १ बजे कर्णाली स्वास्थ्य बिज्ञान प्रतिस्ठान द्धारा जारी बिज्ञप्तीमा बैशाख २२ गते देखी जेष्ठ ७ गते सम्म संकलन गरिएका १८ सय ८१ जनाको रिर्पोट सबै नेगेटिभ भएको उल्लेख गरीएको छ ।

उक्त बिज्ञप्तीमा भनिएको छ कर्णाली स्वास्थ्य बिज्ञान प्रतिस्ठानका १ सय २२ जना स्वास्थ्यक्रमी,४ सय २८ जना कालीकोटका,४१ जना मुगुका,२० नेपाल आर्मि,१८ जना पत्रकारहरु सबै रिपोर्ट नेगेटिभ देखीएको छ । यसै गरी हुम्ला जिल्लाका नाम्खा गाउँपालिकाका ३३ र अदानचुली गाउँपालिकाका १ सय रिर्पोट सबै नेगेटिभ देखाएको छ ।

जुम्ला जिल्लाका सिजा गाउँपालिकाका २ सय ९९,चन्दनाथ गाउँपालिकाका ५८,गोठीचौर गाउँपालिकाका ९५,पातारासी गाउँपलिकाका ७०,हिमा गाउँपलिकाका ३७,तिला गाउँपालिकाका ७०,कनकासुन्दरी गाउँपलिकाका २ सय र तातापानि गाउँपलिकाका १ सय २० वटा सबै रिर्पोट नेगेटिभ आएको उल्लेख गरीएको छ ।

कर्णाली प्रदेश सरकारले मंगलबार नाम्खा गाउँपालिकामा ४१ जना,सर्केगाड गाउँकालीकाबाट ८० जना,चंखेली गाउँपालिकाबाट ९९ जना,अदानचुली गाउँपालिकाबाट १ सय जना र ताँजाको गाउँपालिकाबाट ९८ जना गरी हुम्लाबाट ४ सय १८ जनाको स्वाब गरी मंगलबारै हेलीकप्टर मार्फत जुम्ला लगिएको थियो जसमा नाम्खा र अदानचुली गाउँपालिकाको रिपोर्ट आएको बाँकि गाउँपालिकाको संकलित स्वाब प्रयोगशालामा टेष्ट भैरहेको कर्णाली स्वास्थ्य बिज्ञान प्रतिस्ठानका निर्देशक डा.मंगल रावलले बताउनु भयो ।

प्रकाशित मितिः     ८ जेष्ठ २०७७, बिहीबार ०८:०९  |