कांग्रेस कार्यकर्ताद्धारा कुटिएका तीन जनालाई हेलिकप्टरबाट सुर्खेत लगी उपचार हुँदै,नेकपा र नेपाली कंग्रेशका छुट्टा छुट्टै बिज्ञप्ती जारी


जेष्ठ १० हुम्ला । नेपाली कांग्रेसका कार्यकर्ताले कुटपिट गरी जेठ नौ गते घाइते बनाएका तीन जनालाई आज थप उपचारका लागी कर्णाली प्रदेशको राजधानी सुर्खेत लगीएको छ ।

नेपालि कांग्रेस संम्बद्ध कार्यकर्ताहरुले नेकपा अदानचुली गाउँकमिटी सचिबालय सदस्य मोहन फडेरा सहित, गाउँपालिकाका सुचना प्रविधि अधिकृत सुरेन्द्र फडेरा र कृषि जेटीए कमल नेपालीलाई कुटपिट गरी गम्भीर घाईते भएपछि तीनै जनालाई अदानचुली गाउँपालिकाले थप उपचारको लागी हेलीकप्टर मार्फत सुर्खेत पुराएको गाउँपालिकाका अध्यक्ष दल फडेराले बताउनु भयो ।

उहाँका अनुसार, “घाईतेको उपचार गर्नु पहिलो कुरा भएकाले आजै सुर्खेतबाट हेलीकप्टर मगाएर थप उपचारका लागी सुर्खेत पठाएको बताउँदै कुटपिटमा संलग्न दोसीलाई कानुनी कारबाहीको कार्य लागी अगाडी बढाइने भएको छ ।

आजै हेलीकप्टर मार्फत आई पुगेका अध्यक्ष फडेराले गाउँपालिकाको काममा खटीएका कर्मचारीलाई काम गर्न नदिई बिभिन्न खाले बखेडा झिकि पटक पठक यस्ता कार्य भैरहेकाले सामान्य कारबाहीले माफी नहुँने भएको बताए ।

थप उपचारका लागी सुर्खेत पुगेका तीन जनालाई सुर्खेतमा रहेको देउती अस्पतालमा उपचार भइरहेको छ ।

नेकपा र कांग्रेस दुवैले निकाले विज्ञप्ती

नेपाल कम्युनिष्ट पाटी नेकपा र नेपाली कांग्रेस दुवै पार्टीले केही दिन अगाडी भएको घटनालाई लिएर छुट्टा छुट्टै विज्ञप्ती निकालेका छन् ।

नेकपा अदानचुली गाउँकमिटीका अध्यक्ष हरीदल पुन र सिचब बुध भण्डारीकाे हस्ताक्षरमा निकालेको प्रेष विज्ञप्तीमा, आफ्नो पाटी नोवेल कोरोना भाइरसको राहत तथा उद्धारमा जुटी रहेको बेला अति सम्वेदनशिल अवस्थाको मौका छोपी नेपाली कांग्रेस अदानचुली पाटी समर्थक भन्ने अरायजक ब्यक्तिहरुबाट गाउँ कमिटी सचिवालय सदस्य मोहन फडेरा सहित अदानचुली गाउँपालिकाका सुचना प्रविधि अधिकृत र कृषि जेटीए कमल नेपाली माथि भएको सांघातीक आक्रमण र नेकपा लक्षीत नाराबाजी प्रति घोर भत्सना गर्दै घटनामा संलग्न दोसी उपर कानुनी कारबाहीको माग गरीएको छ विज्ञप्तीमा भनिएको छ ।

यता नेपाल कमुनिष्ट पार्टी (नेकपा) का जिल्ला कमिटी अध्यक्ष लालकेश जैसीले पनि यस्तो घृणित कार्यलाई घोर भत्सना गर्दै घाइतेको उपचारका साथै शिघ्र स्वास्थ्य लाभको कामना गर्नु भएको छ ।

अदानचुली गाउँकमिटीका इन्चार्ज समेत रहेका प्रदेश कमिटिका सदस्य हस्त शाही द्धारा हस्ताक्षरीत बिज्ञप्तीमा भनिएको छ । कुनै पनि कामको चित्त नबुझे त्यसको उपचार गर्ने बिभिन्न विधि हुँदा हुँदै पनि काममा लागेका कार्यकर्ता कर्मचारी माथि भौतिक आक्रमण निकै अलोकतान्त्रीक र निन्दनीय कार्य भएको उल्लेख गर्दै कुटपिटबाट घाइते भएका बिरामीहरुको स्वास्थ्य लाभको कामना गर्दै पाटी कमिटी यस घृणित कार्यमा आबद्ध उक्त जथ्थामा संलग्न दोसीको छानबिन गरी कारवाहीका लागि स्थानिय प्रशासन तथा सम्बन्धीत निकायको गम्भिर ध्यान आर्कषण गराउँदै सामाजीक सद्धभाव खल्बलीने यस्ता गतिबिधि तत्कालै रोक्न सम्बन्धीत पक्षलाई ध्यान आक्रसण गएको छ ।

यता नेपाली कांग्रेसले पनि उक्त घटनाको दोसीलाई कारबाहीको माग गर्दै प्रेष बिज्ञप्ती निकालेको छ ।

बैशाख १८ गते गाउँपालिकाले व्यवस्था गरेको क्वारेनटाइनमा वसेको समयमा नेकपाका जिम्मेवार नेता कार्यकर्ताले अस्लील शब्द बोलेको विषयलाई लिएर जेठ ७ गतेका दिन नेकपा अदानचुली गाउँकमिटी सचिवालय सदस्य मोहन फडेरा सहितको टोलीले नेपाली कांग्रेस सम्बद्ध कार्यकर्तालाई गालि बेइजती सहित हातपात गरी कांग्रेसका कार्यकर्तालाई धम्की दिएको हुँदा ९ गतेका दिन सामान्य झडप भएको तर कुनै पनि पार्टीलाई आक्षेप नलगाएको उक्त विज्ञप्तीमा उल्लेख गरीएको छ ।

प्रकाशित मितिः     ११ जेष्ठ २०७७, आईतवार २३:२६  |