सिंह द्धारा जारी बिज्ञप्तीको खण्डन गर्दै अध्यक्ष फडेराद्धारा बिज्ञप्ती जारी


जेष्ठ १६ हुम्ला । नेपाली कांग्रेश प्रदेश क का सभापति मोहन बिक्रम सिंह द्वारा जारि बिज्ञप्तिको खण्डन गर्दै अदानचुलि गाउँपालीकाका अध्यक्ष दल फडेराले बिज्ञप्ति जारि गर्नु भएको छ ।

जेठ ९ गते घटना भएको समयमा आफु सुर्खेत भएको जनाउँदै कपोकल्पित तरिकाले अध्यक्षको ठाडो आदेशमा घटना भएको भन्य लगाएको आरोपको खण्डन सहितको बिज्ञप्ति जारी गरिएको छ ।

अध्यक्ष फडेरा द्वारा हस्ताक्षरित बिज्ञप्तिमा लकडाउनको समयमा जिल्ला बाहिर रहेका नागरिकहरूको राहत तथा उद्वारको तथ्यांक संकलनको क्रममा रहेका गाउँपालिकाका क्रमचारीलाई मदिरा सेवन गरेका नेपाली कंग्रेशसका १५ र २० जनाको जथ्थाले निर्वाथरुपमा कुटपिट गरेकोमा गाउँपालिकाको ध्यान आक्रसण भएको उल्लेख गरिएको छ । सिंह द्धारा जेष्ठ १३ गते जारी उक्त बिज्ञप्तीमा आफुलाई मा नभई सिंगो गाउँपालिकाकै मानहानी गरेको उल्लेख गर्दै सत्यकुरा नबुझी पाटीको जिम्मेवार ब्यक्तिले लगाएको आरोप प्रति घोर भत्सना गरीएको छ ।

क्वारेनटाईनमा बस्नेहरुले नहुँने चिजहरुको माग गर्दै आफु माथिनै आक्रमक शैलीमा आएको देखेर क्रमचारी लगाएत प्रहरी प्रशासन र सहयोगीहरु आए पछि केही ब्यक्तिहरु लकडाउनको उलङ्घन गरी धम्काउँदै बाहिर निश्केको उल्लेख गरीएको छ ।

सभापति सिंह दारा प्रकासीत बिज्ञप्तीमा बालक भण्डारीलाई हातपात गर्नुका साथै ज्यान मार्ने धम्की दिएको उल्लेख गरीएकोमा उक्त कुराको खण्डन गर्दै अध्यक्ष फडेरा द्धारा जारी बिज्ञप्तीमा जेष्ठ ७ गते बाल भण्डारी र मोहन फडेरा बिच सामान्य गफगाफ भएको उल्लेख गरीएको छ । सोहि कुराको बिषयलाई लिएर ९ गते दिउसो ज्यान मार्ने उद्योगले छुट्टा छुट्टै साँघातीक आक्रमण गरेको उल्लेख गरीएको छ ।

कुनै पनि बिरामी नभई अतिरञ्जीत बनाइएको भनिएकोमा गाउँपालिका द्धारा जारी बिज्ञप्तीमा एरपोर्टका क्रमचारी एम्बुलेन्स र डाक्टरले दिएका बिलहरुले प्रमाणीत गर्ने उल्लेख गर्नु भएको छ । दुबै जना द्धारा जारी बिज्ञप्तीमा दोसीले कारबाही पाउनै पर्ने उल्लेख गरेका छन् झुटा आरोप लगाइ कसैलाइृ भ्रममा नपार्न र सत्य तथ्यको छानबिन गरी दोसीलाई हदै सम्मको कारबाही र पिडीतलाई न्याएको प्रत्याभुती प्राप्त हुँने गरी यस्ता कुराहरु प्रष्ट पारी दिन अध्यक्ष फडेरा द्धारा जारी बिज्ञप्तीमा अपिल गरीएको छ ।

प्रकाशित मितिः     १६ जेष्ठ २०७७, शुक्रबार २०:५९  |