जेठ २३ सुर्खेत । कर्णाली प्रदेशमा आज एकैदिन थप १०० जनामा कोरोना संक्रमण फेला परेपछि कुल संक्रमितको संख्या ४८९ पुगेको छ।
आज थपिएकासहित यस प्रदेशमाा कोभिड(१० पुष्टि भएकाहरूको कूल संख्या ४८९ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा शाखाका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको नमूना परीक्षणमा ९७ र सुर्खेतमा गरिएको परीक्षणमा तीन जनामा कोभिड(१९ पोजिटिभ देखिएको हो।
संक्रमितहरूमध्ये दैलेखमा मात्रै ९१ जना छन्। त्यस्तै जुम्लामा तीन, हुम्लामा एक, दोलखामा एक, रामेछापमा एक, गोरखामा एक, सुर्खेतमा एक र जाजरकोटमा एकजनामा संक्रमण देखिएको छ।
सुखेर्तमा थपिएका व्यक्ति हिजो मृत्यु भएका १८ वर्षीय युवक भएको मन्त्रालयले जनाएको छ।