सर्केघार्डमा राहत वितरण गरिदैं


जेठ २३ हुम्ला । लामो समयको लकडाउनले समस्यामा परेका नागरिकलाई सर्केघाड गाउँपालिकामा विभिन्न सामाजिक संघ संस्थाले राहत वितरण गरेका छन् ।

मिसन इष्ट नामक गैर सरकारी संस्थाको अर्थिक सहयोगमा महिला कल्याण सेवा, किर्डाक, नेपाल र हेड, नेपालको संयुक्त पहलमा राहत वितरण गरीएको उक्त संस्थाका सहजकर्ता मञ्जु रावलले बताइन्। वितरण गरेको राहत प्याकेजमा २५ किलो चामल, २ किलो दाल, २ लिटर तेल र १ किलो चिनि राखिएको छ ।

वितरणको गरेको पहिलो दिन सर्केघाड– ४ का ३८ जना अति सिमान्तकृत ७५ माथिका जेष्ठ नागरीक, एकल महिला, अपांग र सहिद परिवार लाई वितरण गरिएको महिला कल्याणका कार्यक्रम व्यावस्थापक प्रेम बुढाले जानकारी दिएका छन् । राहत सर्केगाडका ८ वडाका तिन सय पचास घरधुरीमा वितरण गर्ने योजना रहेको कुरा बुढाले थपे । राहत वितरणमा ८ कर्मचारी र ११ स्वयमंसेवक गरि जम्मा १८ जना खटाइएको कुरा व्यावस्थापक बुढाले जानकारी दिएका छन् ।

Covid 19 को प्रतिकार्य गर्न जनचेतनामुलक सन्देश दिदै सर्केगाड गाउँपालिकामा भएका जेठ्ठ नागरिक, एकल महिला, सहित परिवार, र अपाङगता भएका व्यक्तिहरुलाइ राहत बितरण गरेको सहजकर्ता रावलले बताइन् उनका अनुसार शुक्रबार सम्म गाउँपालिका भित्रका रिप उनापानीका ८८ जना,रोडीकोटका ५० जना र सायाकाँ ३८ जना गरी १ सय ७६ जनालाई बितरण गरीसेको र जैर, बराइ, राहदेब र गोठी गाउँमा बितरण गर्न बाँकी छ बिहिबार राती देखीको अबिरल वर्षाले अबरोध गरेको बताइन् ।

प्रकाशित मितिः     २३ जेष्ठ २०७७, शुक्रबार २०:०३  |