दुइ सय पचास भन्दा धेरै नागरीकलाई गाउँपालिका द्धारा उद्धार(फोटी सहित)


जेठ २१ हुम्ला । अदानचुली गाउँपालिकाले उद्धार गरी ल्याएका हुम्लाका नागरीकहरु अदानचुली गाउँपालिकामा पुगेका छन् ।

जेठ १२ गते बसेको गाउँ कार्यपालिकाको निर्णय अनुसार लकडाउनका कारण जिल्ला बाहीर रहेका घर आउन चाहने नागरीकलाई उद्धार गर्ने र नआउन चाहेका नागरीकलाई राहत बितरण गर्ने निर्णय सँगै बुधबार मात्र २ सय ५० भन्दा धेरै नागरीकलाई गाउँपालिकामा ल्याएकोे अदानचुली गाउँपालिकाका अध्यक्ष दल फडेराले बताउनु भयो ।

 

उनले भने “काठमाडौबाट कालीकोटको जितेगडा सम्म ५ वटा बसहरु रिजर्भ गरेका थियौ र जितेगडाबाट गाउँपालिका सम्म ४ वटा ट्रकहरु मार्फत गाउँपालिकामा ल्यायौ,जिते गडाबाट यता ठुलो बसहरु नआउने भएकाले ट्रकहरु मार्फत ल्याएका हौँ”।

 

अदानचुली गाउँपालिका वडा नम्बर १ का १३ जना, वडा नम्बर २ का ३६ जना, वडा नम्बर ३ का १६ जना, वडा नम्बर ४ का १८ जना,वडा नम्बर ५ का ५१ जना र वडा नम्बर ६ का १८ जना गरी अदानचुलीका मात्र १५२ जना आइपुगेका छन् ।

 

त्यसै गरी अदानचुली गाउँपालिका बाहेक मुगु जिल्लाको सोरु गाउँपालिकाका ९ जना,हुम्लाका सर्केगाड गाउँपालिकाका १४ जना,खार्पुनाथ गाउँपालिकाका १५ जना,सिमकोट गाउँपालिकाका २ र चंखेली गाउँपालिकाका २ जना गरी ४२ जनालाई आएका छन् ।

 

गाउँपालिकामा आइ पुगेका सबै नागरीकलाई आ आफ्नो वडामा रहेका बिद्यालयहरुमा क्वारेनटाइनमा राखेको छ ।

 

बिस्वकै महामारीको रुपमा देखीएको कोरोना भाइरसका कारण यसको संक्रमण फैलिन नदिनको लागि नेपाल सरकारले लकडाउन गरेको दुई महिना धेरै सम्म कोठामै बस्दा हामीलाई साह्रै गाह्रो भएको बताउँदै यसरी हामीलाई हाम्रो जिल्लामा ल्याएकोमा गाउँपालिकालाई सबैले धन्यबाद दिए ।

सर्केगाड गाउँपालिकाका पदम नेपालीले अदानचुली गाउँपालिकालाई धन्यबाद दिदै यस्ता कार्य अन्य गाउँपलिकाकाले पनि सुरु गर्नु पर्ने बताए ।

यता अन्य बाँके बर्दिया कैलाली कंचनपुर तिर भएका अदानचुली गाउँपालिकाका अन्य नागरीकहरुलाई ल्याउने पहल भैरहेको गाउँपालिकाका अध्यक्ष दल फडेराले बताउनु भयो,अध्यक्ष फडेराले भने “लकडाउनकै कारण बैंकहरु आईतबार र बुधबार मात्र खुल्ने भएकाले बसहरुलाई र आउनेहरुको लागि ड्राइफुटको ब्यबस्था गर्न समेत गाह्रो छ त्यसको ब्यबस्था हुँदा बित्तीकै बाँकी भएका नागरीकलाई पनि ल्याउने छौं”।

गाउँपलिकामा पुगेका सबै नागरीकलाई नेपाल सरकारले अबलम्बन गरेको १४ दिन अनिवार्य क्वारेनटाइनमा बस्नु पर्ने भएकाले सबैलाई क्वारेनटाइनमा राखेको बताउँदै क्वारेनटाइनमा बस्ने सबैलाई खानाको ब्यबस्था पनि गाउँपालिकाले गरेको बताए । खानाको लागि खाद्य्यन्न सामग्रीहरु दिएको तर उनिहरु आफैले बनाएर खाने ब्यबस्था गरेको बताउनु भयो ।

गाउँपालिका भन्दा बाहिरका सबै नागरीहरु भने आ आफ्नो गाउँ तिर हिडि सकेका छन् उनिहरुलाई बिहान खाना खुवाएर सबैलाई उद्धार गरीएको प्रमाण पत्र प्रदान गरी गाउँपालिका तिर पठाइएको पनि उपाध्यक्ष सौमती रावलले बताइन् । उनका अनुसार उद्धारको काम सकिय पश्चात राहत बितरणको काम सुरु गर्ने बताइन् ।

प्रकाशित मितिः     २३ जेष्ठ २०७७, शुक्रबार २१:२८  |