ताँजाकोट गाउँपालिकाले आफैँ किट खरिद गरी परीक्षणका लागि आज स्वाब संकलन गर्दै


जेठ ३० हुम्ला । हुम्लाको ताजाँकोट गाउँपालिकाले आफैँ किट खरिद गरी कोरोना परीक्षणका लागि आफैँ आज स्वाब संकलन गरी रहेको छ ।

स्वास्थ्य परीक्षणविना गाउँपालिका प्रवेश गरेका नागरिकलाई कोरोना परीक्षण गर्न गाउँपालिका आफैँ जुटेको ताँजाकोट गाउँपालिकाका अध्यक्ष बागदल मल्लले बताए।

जिल्लामा स्थानीय स्तरबाटै भिटिएम खरिद गरी स्थानीयको स्वाब संकलनको लागि आज(शुक्रबार) गाउँपालिकामा ५ वटा केन्द्र राखी स्वाब संकलन गरी रहेको स्वास्थ्य संयोजक राजेन्द्र स्यांकुले जानकारी दिए । जिल्लामा किट अभाव हुँदा कोरोना परीक्षण प्रभावित भएको वेला ताजाँकोेट गाउँपालिकाले आफैँ भिटिएम खरिद गरी आफैँ स्वाब संकलन गर्न थालेकोबताउनु भयो ।

ताजाँकोट गाउँपालिकाले पाँच सय भिटिएमको स्वाब संकलन गरी आजै ताँजाकोट गाउँपालिकाको गाडिमा आजै कर्णाली स्वासथ्य बिज्ञान प्रतिष्ठान जुम्ला पठाउने तयारी भैरहेको छ भने दुई सय आरडिटी किट खरिद भएकाले यसको परीक्षण पनि तीव्र पारेको जनाएको छ ।

गाउँपालिकाको ५ वटै क्वारेन्टाइनमा राखिएका नागरिकको शुक्रबार बिहानबाट स्वाब संकलन कार्य सुरु भएको भएको गाउँपालिकाका अध्यक्ष बाग्दल मल्लले जानकारी दिए ।

उनले भने हामीले वडा नम्बर ५ मदनाको मदनदेब मा वि मा स्वाब संकलन केन्द्र राखेर स्वाब संकलन गरी रहेका छौ त्यसै गरी वडा नम्बर ४ को गोठेलबाडा र जनप्रकास माबीमा,वडा नम्बर ३ को धर्मोदय माबीमार कुवाडीको माथी लुइयाटा भन्ने ठाउँमा केन्द्र बनाइ स्वाब संकलन गरीरहेका छौ ।

जिल्लामा स्थानीय स्तरबाटै भिटिएम खरिद गरी स्थानीयको स्वाब संकलन गर्ने यो गाउँपालिका पहिलो हो ।

प्रकाशित मितिः     ३० जेष्ठ २०७७, शुक्रबार ०९:२६  |