बाहिर रहेका सबै नागरिक उद्धार गर्दै हुम्लाको अदानचुली गाउँपालिका


जेष्ठ ३० हुम्ला । पहिलो चरणमा २५० जना आफ्ना नागरिकलाई उद्धार गरेको हुम्लाको अदानचुली गाउँपालिकाले दोस्रो चरणमा ११६ जनालाई उद्धार गरेर घर पु¥याएको छ ।

लकडाउन (बन्दाबन्दी) को समयमा घरभन्दा बाहिर अलपत्र परेका अदानचुली गाउँपालिकाले आफ्ना नागरीकलाई दोस्रो चरणमा बाँके बर्दिया र कर्णाली प्रेदश सुर्खेतका नागरीकलाई हुम्ला ल्याएको अदानचुली गाउँपालिकाका अध्यक्ष दल फडेराले बताउनु भयो ।

भर्खरै राष्ट्रिय सडक सञ्जालमा जोडिएको दुर्गम हिमाली जिल्लाको उक्त गाउँपलिकाले आफ्नै लगानीमा सबै नागरिकलाई गाउँपालिकाको केन्द्र श्रीनगर सम्मै यातायताका साधनमा ल्याइ पु¥याएको छ ।

पहिलो चरणको उद्धारमा प्रदेश नम्बर २, ३,४ र ५ का विभिन्न स्थानमा रहेका नागरिकलाई ५ वटा बसमार्फत उद्धार गरेर गाउँ पु¥याएको थियो भने दोस्रो चरणमा प्रदेश नम्बर ५,६ र ७ नम्बरका नागरिकहरुलाई ३ वटा बसमार्फत श्रीनगर सम्मै ल्याएको गाउँपालिका अध्यक्ष फडेराले बताए ।

गाउँपालिकाकै खर्चमा बर्दियाबाट कालीकोटको जितेगडा सम्म ३ वटा बसहरु रिजर्भ गरेका थियौ ।’ पालिका अध्यक्ष फडेराले थपे, बाटोको समस्याले बस नचल्ने भएपछि कालीकोटको जितेगडाबाट गाउँपालिकाको केन्द्र श्रीनगरसम्म ४ वटा मालबहाक ट्रकमै भएपनि उद्धार गरिएका नागरिकलाई ल्याउने काम भएको छ ।’

गाउँपालिकाले उद्धार गरेर ल्याएका मध्ये अदानचुली–१ का १५, वडा नम्बर २ का २८, वडा नम्बर ३ का ९, वडा नम्बर ४ का ३ जना, वडा नम्बर ५ का १९ जना र वडा नम्बर ६ का १ जना रहेका छन् । यसमा १५ जना सर्केगाड गाउँपालिकाका र १३ जना ताँजाकोठ गाउँपालिकाका गरी १ सय १६ जना आई पुगेका स्वास्थ्य संयोजक हंस महताराले जानकारी दिए ।

गाउँपालिकाले प्रदेश नम्बर ५, ७ नम्बर प्रदेशका नागरिकलाई उद्धार गरेर घर पठाउने काममा समन्वय गर्न बाँके बर्दियामा रहेका नागरिकलाइ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेश सदस्य तथा ताँजाकोट गाउँपालिकाका इन्चार्ज रणसिंह परियारको संयोजकत्वमा ८ जना नेता तथा पालिकाका अगुवालाई जिम्मेवा दिएको थियो ।

गाउँपालिकामा आइ पुगेका सबै नागरीकलाई आ आफ्नो वडामा रहेका विद्यालयहरुमा क्वारेन्टिनमा राख्ने गरी प्रत्येक वडामा पठाउने काम भैरहेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत टकदत्त प्याकुरेलले बताउनु भयो ।

बाँकी रहेका नागरीकलाई के गर्ने भन्ने बिषयमा छलफल गरेर अगाडि बढ्ने अदानचुली गाउँपालिकाका अध्यक्ष फडेराले बताउनु भयो ।

प्रकाशित मितिः     ३० जेष्ठ २०७७, शुक्रबार १०:०७  |