३ सय जनाको स्वाब संकलन गरी जुम्ला पठायो हुम्लाको ताँजाकोट गाउँपालिकाले


जेठ ३० हुम्ला हुम्लाको ताजाँकोट गाउँपालिकाले शहर र छिमेकी देश भारतबाट १४ दिन क्वारेन्टाइन बसेका सम्पुर्ण ताँजाकोट बासी जनप्रतिनिधि र प्रहरी स्वास्थ्यकर्मिको स्वाब संकलन गरी जुम्ला पठाएको छ ।

कोरोना परीक्षणका लागि शुक्रबार स्वाब संकलन शुरु गरेको ताँजाकोट गाउँपालिकाका अध्यक्ष बागदल मल्लका अनुसार स्वास्थ्य परीक्षणविना गाउँपालिका प्रवेश गरेका नागरिकलाई कोरोना परीक्षण गर्न गाउँपालिका आफैँ जुटेको बताएका छ्न ।

ताजाँकोट गाउँपालिकाले आफैँ किट खरिद गरी हुम्ला जिल्लामा स्थानीय स्तरबाटै भिटिएम कीट खरिद गरी स्थानीयको स्वाब संकलन गर्ने पिसिआर चेक गर्ने यो गाउँपालिका पहिलो हो ।

गाउँपालिकाको ५ वटै क्वारेन्टाइनमा राखिएका नागरिकको शुक्रबार बिहानबाट स्वाब संकलन गरी आजै गाउँपालिकाको गाडिमा जुम्ला पठाएको गाउँपालिकाका अध्यक्ष बाग्दल मल्लले जानकारी दिए ।

शुक्रबार बिहान देखी ताँजाकोट गाउँपालिकाका ५ वटा केन्द्र बनाइ स्वाब संकलन गरी जम्मा ३ सय ९ जनाको स्वाब संकलन गरीएको स्वास्थ्य संयोजक राजेन्द्र स्यांकुले बताए । उनका अनुसार मदनाको मदनदेब केन्द्रमा ८२ ८२ जना,गोठेलबाडा केन्द्रमा ४१ जना,धर्मोदय माबीमा १०७ जना,भैसेबाझ केन्द्रमा ३० जना र लुइयाटामा २९ जना गरी जम्मा ३०९ जनाको स्वाब संकलन गरी आजै गाउँपालिकाको गाडिमा स्वाप लगेर कालीकोटको सान्नीघाटमा पुगेको संयोजक स्यांकुले बताए ।

जनप्रतिनिधि ,स्वास्थ्यकर्मी प्रहरी गरी आजै ३ सय जनाको स्वाब संकलन गरेको र बाँकी २ सय भिटिएम कीट बाँकी रहेको गाँउपालिका अध्यक्ष मल्लले बताए ।

प्रकाशित मितिः     ३० जेष्ठ २०७७, शुक्रबार २२:४६  |