मुगु -हुम्ला जोड्ने लिंक रोडको ट्रयाक खोल्ने कार्य सम्पन्न


मुगुको रारा–छायानाथ नगरपालिकादेखि हुम्लाको चंखेली गाउँपालिका देउलीसम्म जोड्ने ६७ किलोमिटर लामो लिंक रोडको ट्रयाक खुलाएको छ ।
मुगु देखि हुम्ला सम्म जोड्ने लिंक रोड निर्माणको जिम्मा लिएको बेलायतको अन्तर्राष्ट्रिय विकास नियोगको ग्रामिण पहुँच कार्यक्रम ञञद्वारा सन्चालित ६७ फ ट्रयाक खोल्ने कार्य सकिएको जनाएको छ ।

जेठ ३१ हुम्ला । मुगुको रारा–छायानाथ नगरपालिकादेखि हुम्लाको चंखेली गाउँपालिका देउली जोड्ने लिंक रोडको ट्रयाक खोल्ने काम सम्पन्न भएको ग्रामिण पहुँच कार्यक्रमका आयोजना फिल्ड व्यवस्थापक विष्णुराम विष्टले जानकारी दिए । उहाँले भन्नु भयो सन् २०१८ मा सुरु गरिएको लिंक रोड निर्माण कार्य २ वर्षभित्रै ट्रयाक खोल्ने कार्य सम्पन्न भएको बताउनु भयो ।

मुगु र हुम्लाका जिल्ला जोड्ने लिंक रोड निर्माण भएपछि स्थानीय ग्राबासिन्दा लाई आवत–जावत गर्न सहज हुने भएको चंखेल्नी गाउँपालिका अध्यक्ष धनलाल चौलागाई बताए ।

सल्लीसल्लादेखि चंखेली गाउँपालिकाको देउली सम्म १४।६ किलोमिटर पहिला सडक निर्माण भईसकेको र मुगुको रारा–छायानाथ नगरपालिकादेखि देखि हुम्लाको चंखेली गाउँपालिका देउलीसम्म ६७ किलोमिटर ट्रयाक खोल्ने काम छ ।

उक्त लिंक रोडमा ११ वटा स्काभेटरले र ट्रयाक खोल्न काम सम्मन्न गरेको बाँकी सडकको फिनिसिङ्गको काम रहेको बताएको छ ।

प्रकाशित मितिः     ३१ जेष्ठ २०७७, शनिबार २१:३३  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *