हुम्लामा भोली देखी दुई सिफ्टमा सम्पुर्ण कार्यालय खुल्ने


जेठ ३२ हुम्ला । हुम्लामा भोली (सोमवार) देखी दुई सिफ्टमा सम्पुर्ण कार्यालय खुल्ला हुने भएका छन् ।

जिल्ला प्रशासन कार्यालय सिमकोट हुम्लाले आज एक सुचना जारी गदै गृह मन्त्रालयको परिपत्र अनुसार आगामी असार १ गते सोमवार देखी जिल्लाका सम्पुर्ण कार्यालयहरु दुई चरणमा सन्चालन हुने जानकारी दिएको हो । प्रमुख जिल्ला अधिकारी चिरन्जीबि गिरि द्धारा जारी सुचनामा यस्तो उल्लेख गरिएको छ ।

कोरोना भाईरस संक्रमणको सावधानी अपनाउदै सामाजिक दुरी कायम गर्ने, मास्क प्रयोग गर्ने, पटकपटक सावुनपानीले हात धुने लगाएत जनस्वास्थ्यको मापदण्द अनिवार्य पालना गदै सोमवार देखी सरकारी तथा गैरसकारी कार्यालय सँगै निजि क्षेत्रका कार्यालयहरु,सहकारी र बिमा सेवा, शिक्षण संघसंस्था, बैंक तथा वित्तिय संस्थाहरु विहान ८ बजेदेखी दिउँसो १ बजे सम्म र दिउँसो १ बजेदेखी बेलुकी ६ बजेसम्म दुई सिफ्टमा कार्यालयहरु खुल्ला गर्न आग्रह गरिएको छ ।

प्रकाशित मितिः     ३२ जेष्ठ २०७७, आईतवार २०:४३  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *