करिब १ महिना देखी टेलीफोन सेवा अबरुद्ध


काली बहादुर थापा
हुम्ला । हुम्लाको दक्षिणी र मुगुको उत्तरी क्षेत्रमा रहेका ५ वटा गाउँपालिकामा टेलीफोन सेवा अबरुद्ध भएको छ । अदानचुली,ताँजाकोट,सोरु,चंखेल्नी र सर्केगाड गाउँपालिकामा करिब १ महिना देखी त्यस क्षेत्रका नागरीक टेलीफोन सेवाको पहुँचबाट टाढा रहेको स्थानीयहरुले बताएका छन् ।

मुगु जिल्लाको सोरु स्थीत भिई र सोरुकोटमा रहेका २ वटै टावरहरु पुर्णरुपमा अबरुद्ध हुँदा सोरु गाउँपालिकाका सबै नागरीकहरु टेलीफोन सेवाबाट बन्चीत भएको सोरु गाउँपालिकाका बिनोद शाहीले जानकारी दिनु भयो ।

यता ताँजाकोट गाउँपालिकाको चिहिमा रहेको टावरले पनि कुनै काम नगरे पछि ताँजाकोट गाउँपालिकाका नागरीक पनि सञ्चार सेवाबाट बन्चीत भएका छन् यता हुम्लाकै अदानचुली गाउँपालिकामा रहेका श्रीनगर र कालीकामा रहेका दुबै टावरहरु असोज २० गतेबाट सञ्चालनमा छैनन् भने चंखेली गाउँपालिकाको मेल्छाममा भएको टावरले पनि कुनै काम नगरे पछि हुम्ला जिल्लाको आधा भन्दा धेरै नागरीकहरु उक्त सेवाबाट बन्चीत भएका छन् ।

म्रमतको लागि सम्बन्धी निकायलाई जानकारी गराउने अरु माध्ययमनै नभएको गाउँपालिकाहरुले बताएका छन् । सञ्चारको अन्य कुनै माध्यम नहुँदा काठमाडौ नेपालगञ्जबाट आउने बालबच्चाहरु बडाे दुखको साथ घर पुर्याएकाे वडा नम्बर २ का स्थानीय धर्मराज बुढाले बताए ।

लकडाउनको समयमा आवत जावतको लागि सिफारीस लगायतका आबश्यक कागजात मिलाएर मात्र आउनु पर्ने भएकाले बिचबाटोमा सयौ मानिसहरु बिचबाटोमा ३।४ दिन कुर्न परेको छ । यता वर्ड लिंक कम्युनिकेशनले बिस्तार गरेको गाउँपालिका र वडा कार्यालयमा रहेको ईटरनेट सेवाले मात्र केही रुपमा समस्या समाधान भएको अदानचुली गाउँपलिका वडा नम्बर २ का कम्प्युटर अप्रेटर धर्मराज बोगटीले बताउनु भयो ।

नेपाली कंग्रेशका गाउँ कार्यसमितिका सभापति सेरबहादुर बुढाले टावर राख्नु र नराख्नुको कुनै औचित्य नभएकाले यसलाई थप संरक्षण गर्नु भन्दा नयाँ पहल गरीने पर्ने बताए ।

नेपालिहरुको महान चाड वडा दशैको मुखैमा १ महिना देखी पुर्णरुपमा टेलीफोन सेवाले काम नगरे पछि सावारी सिमा पास,आपत्काली खाद्ययन्न ढुवानी पास, आफ्ना र आफन्त सँग कुराकानी लगायताका कामहरु गर्न धेरै दिन कुर्नु पर्ने बाध्यता भएको छ ।

यता अदानचुली गाउँपालिकाका अध्यक्ष दल फडेरालाई सोध्दा “आफु पटक पटक केन्द्रीय कार्यालयमा गएर म्रमताको लागि ताखेता पनि दिए,धेरै पटक पत्र पनि पठाए तर पनि नेपाल टेलीकमको केन्द्रय कार्यालयले भने मुगु जिल्लाको सोरकोटमा 4G क्षमता भएको ठुलो टावर राख्न लागेकाले यि सानातिना टावरमा नलाग्न भनेको बताउनु भयो ”। 4G राख्ने भनेको करिब ३ वर्ष पुरा हुँन लागे पनि यहाँको समस्या उस्तै छ ।

अदाचुली गाउँपालिकाका अध्यक्ष फडेराले भने “एक महिना अघि पनि घरमा पनि काम गर्दैन,आफ्नो कार्यकक्षमा पनि फानले काम नगरे पछि हरेक दिन फोन गर्नकै लागि भए पनि अग्लो ठाउँमा सादा वा सामान्य मोबाईल लिएर जानु पथ्र्यो अहिले त ईन्टरनेट वा म्यासेन्जर बाहेक अन्य बिकल्प नभएको बताए” ।

नेपाल टेलीकमका टावरहरु बिग्रेको १ महिना पुग्यो । सरोकारवाला निकायको कुनै ध्यान गएको छैन । असोज २० गते भन्दा अगाडी सामान्यरुपमा काम गरेको थियो २१ गते नेपाल टेलीकमकै प्रतिनिधि राम खाती सहितको ४ जनाको टोली आएर ४ दिन लगायर म्रमत गरेको थियो । म्रमत गरे देखी राती २ बजे देखी ४ बजे सम्म मात्र काम गर्ने भएको स्थानीयहरुले बताएका छन् । तर म्रमत गर्न आएको टोलीले भने १६ वटा मोबाईलको क्षमता बाट बढाएर ३२ मोबाईलको क्षामता बढाएको बताएका थिए ।

आज(शनिबार) नेपाल टेलीकमका प्राबिधिक अधिकृत कृष्ण भटराईलाई सोध्दा उनले भने केहि दिन अघि मात्र बनाउन टोली गएको थियो बनाएर आएको होला भनेर बुझ्यौ त्यसो भए म सोधेर खबर गर्छु भन्नु भयो तर कुनै खबर गर्नु भएन ।

त्यस पछि असोज २० नेपाल टेलीकमका टावर म्रमत गर्न आउनु भएका राम खातीलाई सोध्दा काठमाडौ स्याटेलाइट बिभाग काठमाडौका नबिन मिश्र सँग कुरा गर्न भन्नु भयो उनलाई भाईबर मार्फत कुरा गर्न खोज्दा फोन नै सिसिभ गर्नु भएन ।

यसो त आज मात्र होईन पटक पटक बिग्रीने समस्याले पनि थप पिडा दिएको छ । जम्मा १६ वटा मोबाईल क्षामता भएको टावरमा २० हजार भन्दा धेरै नागरीकहरुसँग मोबाईल फोन भएकाले पनि काम नगर्ने टेलीकमका केही जानकारहरुले बताएका छन् । अदानचुली गाउँपालिका न्यायिक समितिका सल्लाहकार देबीशरण फडेराले भने फोन गर्न पनि राती २।३ बजे उठ्नु पर्ने यहाँको बिडम्बना छ त्यसैलाई त दुर्गम भनिन्छ ।

बनाउन आएका टोलीले केन्द्रैबाट बिग्रेको हो १।२ दिनमा आफै आउँछ भनेर गएका थिए । उनिहरु फर्केको महिना दिन बित्न लाग्यो तर पनि टेलीफोनले काम गरेन उनले भनेका थिए सबै ठाउँमा काम गरेको छैन १।२ दिनमा गर्छ यता हुम्लाको माथिल्लो क्षेत्रमा भने राम्रैसँग काम गरेको नेपाल पत्रकार महाँसंघ हुम्लाका अध्यक्ष अर्जुन बोहोराले जानकारी दिए ।

प्रकाशित मितिः     ८ कार्तिक २०७७, शनिबार १६:२४  |