मुगुमा आगलागी हुदा ५ घर जलेर नष्ट , एक महिलाको हात जल्यो ।।


खड्क सुनार मुगु
मुगुमा विहिवार ५ वटा घर जलेर नष्ट भएका छन् । जिल्लाको पश्चिमी भेगमा पर्ने खत्याड गाउँपालिका–३ रोल गाउँमा बिहीबार दिउँसो अन्दाजि १२ बजे आगलागी हुँदा ५ वटा घर जलेका हुन् ।

एक्कासि घरबाट सल्किएको आगोले रोल गाउँका हस्तबहादुर शाहीको ३ तले ४ कोठा भएको पक्की घर पुर्ण रुपमा जलेर नष्ट भएको छ भने त्यस्तै होमबहादुर शाहीको पनि ३ तले ४ कोठा भएको पक्की घर , डबलबहादुर शाही, टेकबहादुर शाही र सुनकौरा सिंहको घर पुर्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । कार्यालयका अनुसार खत्याड गाउपालिका वडा नं ३ सुनकौरा सिंहको दाहिने हात सामान्य रुपमा जलेको प्रहरी निरिक्षक नरेश विकले जानकारी दिनु भएको छ ।

उहाका अनुसार आगलागी के कति कारणले लागेको हो खुल्न नसकेको उनको भनाई रहेको छ । आगलागि बाट अन्दाजि २५ देखि ३० लाख सम्म क्षति भएको पनि उनले जानकारी गराउनु भयो । उनले भने श्रीकोट प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक विष्णु सेजुवालको नेतृत्वमा खटिएको टोलि , रोल श्रीकोट र सैन गाउँका स्थानीयको सहभागितामा आगो नियन्त्रणमा आएको बताउनु भयो ।

आगलागीबाट धनसम्पत्ति, लत्ताकपाडा, भाँडाकुँडा, काठका खटिया दराज जलेर नष्ट भएको छ ।

प्रकाशित मितिः     ११ मंसिर २०७७, बिहीबार १९:४३  |