प्रचण्ड–नेपाल पक्षका ६८ जिल्ला कमिटीका अध्यक्ष र सचिवको लगायो टुंगो


नेकपा प्रचण्ड–माधव नेपाल पक्षले ६८ वटा जिल्ला कमिटीको नेतृत्व (अध्यक्ष र सचिव) को टुंगो लगाएको छ । बाँकी जिल्ला कमिटीको नेतृत्वबारे छलफल भइरहेको नेकपाले जनाएको छ । त्यस्तै जिल्लाको इन्चार्ज र सह-इन्चार्ज पनि छान्न बाँकी रहेको छ ।

तत्कालीन नेकपामा ७७ वटा भूगोलका जिल्ला कमिटीबाहेक महानगर कमिटी र थप विशेष जिल्ला कमिटी गरेर ८३ वटा जिल्ला-सरहका कमिटी रहेका थिए ।
अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको कार्यदलले तयार पारेको मापदण्डका आधारमा ५०–५० प्रतिशतले संगठनलाई पूर्णता दिने सहमतिअनुसार ६८ वटा जिल्ला कमिटीको नेतृत्वले पूर्णता पाएको हो ।

प्रचण्ड–नेपाल समूहले जिल्लामा इन्चार्ज, सह इन्चार्ज, अध्यक्ष र सचिव रहेको पदाधिकारीको प्रस्ताव गरेको छ । जसअनुसार एउटा पक्षले अध्यक्ष लिएको जिल्लामा अर्को पक्षले सचिव पाएको छ ।

प्रकाशित मितिः     १० फाल्गुन २०७७, सोमबार १९:३९  |