काली बहादुर थापा हुम्ला
फागुन १९ हुम्ला ।हुम्लाको ताँजाकोट गाउँपालिकाको गोठेलबाडा सम्म सडक जोडीएको छ । कर्णाली करीडोर सँग जोडीको पैमा सिरुपाटा हुँदै ४ नम्बर वडा कार्यालय सम्म सडक जोडीएको छ ।
कर्णाली प्रदेश सरकार,ताँजाकोट गाउँपालिका र भौतीक पुर्वाधार बिकास कार्यालयको आर्थिक सहयोगमा निर्माण गरीएको हो ।
आफु निर्वाचित हुँदै गर्दा घोषणा गरीएको एक महत्वपुर्ण कार्य पुरा गरेको गाउँपालिकाका अध्यक्ष बागदल मल्लले बताए । उनले भने आफु निवार्चीत हुँदै गर्दा कुनै पनि ठाउँमा सडक खन्ने प्रकृया सुरुनै भएको थिएन,कर्णाली करिडोरको खन्न काम भर्खर मात्र सुरु भएको थियो , मैले निकै मेहनताका साथ सबै वडामा सडक जोड्न सफल भएको छु । अँझै ५ नम्बर वडा जोड्न बाँकी छ त्यसको लागि पनि प्रकृया अघि बढी सकेको अध्यक्ष मल्लले बताउनु भयो ।
कुवाडी खोला हुँदै गाउँपालिकाको केन्द्र छप्रेला हुँदै रामा सम्म सडक पुगी सकेको छ । ३ नम्बर वडाको रामा गाउँमा डोजर लगाएर सडक खन्ने काम भैरहेको वडा नम्बर ४ का वडा अध्यक्ष धनलाल जैसीले बताए । उनले भने अब ५ नम्बर मात्र सडक जोडीन बाँकी रहेको छ उक्त वडामा पनि अषाढ मसान्त सम्म पुर्याउने लक्ष रहेको बताउनु भयो ।
ताँजाकोट गाउँपालिकाका अधिकांस गाउँ बस्तीमा सडक जोडीए पछी त्यहाँका स्थानीय बासीन्दा खुसी भएका छन् ।
कुवाडी देखी वडा नम्बर ३ को बाईगाउँ खोला सम्म १७ किलोमिटर र पैमा खोला देखी वडा नम्बर ४ को गोडालबाडा सम्म ११ किलोमीटर सडकको ट्र्याक खुलाउने काम सकिएको छ । पैमा देखी सिरुपाटा हुँदै गल्लाबाडा सम्म र कुवाडी खोला देखी गाउँपालिकाको केन्द्र छप्रेला सम्म निरन्तर रुपमा सवारी साधनहरु चली रहेका छन् ।
उक्त २८ किलोमिटर सडक निर्माणको लागि कर्णाली प्रदेश सरकारको १ करोड ७५ लाख ,गाउँपालिकाको बिभिन्न शिर्षकबाट २ करोड ८३ लाख,सांसद बिकास कोषको ५० लाख र १२ लाख ५० हजार आरसिआईडब्लुको गरी ५ करोड २० लाख ५० हजारको लगानिमा निर्माण गरीएको वडा अध्यक्ष जैसीले बताउनु भयो । फेरी २५ लाखको टेण्डर भैसकेकोले दुबै सडकबाट २ वटा डोजरले सडक खनी रहेका छन् यसै आर्थिक वडा भित्र बाँकी रहेको ५ नम्बर वडा कार्यालयमा सडक जोडरने लक्ष रहेको बताउनु भयो ।